साथीमार्टको टिकटक च्यालेन्ज: १ मिनेटमा ५० हजार रुपैयाँ जित्ने मौका

  • Technology Khabar | २६ असार २०७९, आईतवार
साथीमार्टको टिकटक च्यालेन्ज: १ मिनेटमा ५० हजार रुपैयाँ जित्ने मौका

काठमाडौं ।

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपैयाँ जित्न सक्नेछन् ।

साथीमार्टले आफ्ना ग्राहकहरुका लागि ‘सेयर एण्ड अर्न अनलिमिटेड’ अभियान अन्तर्गत ‘साथीमार्ट टिकटक च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेको हो । जसअन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप डाउनलोड गरि अकाउन्ट रजिस्टर र मोबाइल भेरिफिकेसन गर्दा ७५ रुपैयाँ साथीक्यास पाउने व्यवस्था गरिएको छ । साथै मोबाइल एप आफ्नो साथीभाई तथा परिवारलाई सेयर गरि प्रत्येक सफल शेयरमा थप २५ रुपैयाँ थप साथीक्यास पाउन सक्नेछन् ।

‘साथीमार्ट टिकटक च्यालेन्ज’ मा सहभागि हुनका लागि प्रयोगकर्ताले सर्वप्रथम साथीमार्टको अफिसियल टिकटक पेजलाई फलो गर्नुपर्ने हुन्छ । सोही पेजमा दुई वटा भिडियो पिन गरिएका छन् । जसमध्ये एउटा भिडियोमा ‘साथीमार्ट टिकटक च्यालेन्ज’मा सहभागी हुनका लागि के गर्नुपर्छ भन्ने कुरा जानकारी गराइएको छ भने अर्को नमुना भिडियो हो । सहभागीले सोही अनुसार नियम पालना गरेर भिडियो बनाउनु पर्नेछ ।

सिर्जनात्मक भिडियोहरु मध्ये प्रतियोगिताको उत्कृष्ट भिडियोले ५० हजार रुपैयाँ र दुई उपविजेताले १५ हजार र १० हजार रुपैयाँ क्रमशः जित्न सक्ने साथीमार्टका संस्थापक तथा सिइओ सागर पोखरेलले जानकारी दिए।

भिडियो असार ३२ गते भित्र अपलोड गरिएको हुनुपर्ने साथीमार्टले जनाएको छ।

यस्तै, सहभागीता जनाउन इच्छुकहरूले मा क्लिक गरि साथीमार्ट टिकटक च्यालेन्जको बारेमा थप जानकारी लिन सकिने बताईएको छ।

प्रकाशित: २६ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २६ असार २०७९, आईतवार