विद्युतीय राहदानीको माग उच्च

  • Technology Khabar | ५ असार २०७९, आईतवार
विद्युतीय राहदानीको माग उच्च

काठमाडौं ।

विद्युतीय राहदानी (ई-पासपोर्ट) को माग उच्चरूपमा बढेको छ। यसअघि कायम रहेको मेसिनले पढ्ने (एमआरपी) राहदानी वितरण बन्द भएसँगै विद्युतीय राहदानीको माग उच्च भएको हो।

माग बढ्दै जाँदा हरेक महिना एक लाख प्रतिभन्दा बढी राहदानी जारी हुन थालेको जानकारी विभागले दिएको छ।

राहदानी लिनका लागि विभागले तोकेका सबै इलाका, जिल्ला र प्रदेशबाट विद्युतीय राहदानी वितरण हुन थालेकाले पनि यसको वितरणको सङ्ख्या उच्चरूपमा बढेको विभागका प्रवक्ता शरदराज आरणले बताए।

विभागबाट मात्र दैनिक दुई हजार पाँच सयप्रति विद्युतीय राहदानी जारी हुने गरेको छ।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ५ असार २०७९, आईतवार