
काठमाडौं ।
अटोनोमस अर्थात स्वायत्त पानीजहाजहरूले भर्खरै सानो तर महत्त्वपूर्ण कदम अगाडि बढाएका छन्। हुन्डाईको सहायक कम्पनी ‘एभिकस’ले महासागरमा ठूलो पानीजहाजको विश्वको पहिलो स्वचालित नेभिगेसन पूरा गरेको बताएको छ।
‘प्रिज्म करेज’ले मेक्सिकोको खाडीमा मे १ मा फ्रीपोर्ट छोड्यो, र दक्षिण कोरियाको पश्चिमी चुङचेओङ प्रान्तमा रहेको बोर्योङ एलएनजी टर्मिनलसम्मको करिब १२,४२७ माइलको यात्राको आधा दूरीसम्म जहाजलाई चलाउन एभिकस एआई (Avikus AI) संचालित हाइनास २.० (HiNAS 2.0) प्रणाली प्रयोग गरेको इन्ग्याजेटले उल्लेख गरेको छ। लेभल २ सेल्फ-स्टेयरिङ प्रविधि अन्य जहाजहरू, मौसम र फरक तरंग उचाइहरूका लागि जिम्मेबार बनाउन पर्याप्त थियो।
अटोनोमसले चालक दललाई केही काम गर्न बचायो, र यसले ग्रहलाई पनि मद्दत गरेको हुन सक्छ। एभिकसले हाइनासको उच्चतम रुट योजनाले प्रिज्म करेजको इन्धन दक्षतामा करिब सात प्रतिशतले सुधार गरेको र उत्सर्जनमा पाँच प्रतिशतले कमी गरेको दाबी गरेको छ।
सो उपलब्धिले शून्य-क्रू शिपिङ्ग युगमा अझै प्रवेश गरेको छैन्। यात्राको अर्को आधा समयका लागि अझै पनि मानव नेभिगेसन आवश्यक थियो, र धेरै जसो मार्ग खुला समुद्रमा थियो। यो एक स्वायत्त प्रणालीको लागि सम्पूर्ण यात्रा नियन्त्रण गर्न गाह्रो हुने थियो, विशेष गरी बन्दरगाहहरूमा जहाँ डकिङ र सिमित तथा भरिभराउ जलमार्गहरूले थप चुनौतीहरू खडा गर्नेछन्।
एभिकसले वर्षको अन्त्यसम्म हाइनास २.० को व्यापारिकरण गर्ने योजना बनाएको छ। पूर्णतया एआईमा आधारित भएर संचालित ढुवानी क्षितिजमा नभएपनि, कम्पनीले यसको स्तर २ स्वायत्तताले चालक दलको अभावलाई कम गर्ने आशा गरेको छ। यसका साथै यसले सुरक्षा सुधार गर्नेछ र समुद्री यातायातको वातावरणीय प्रभावलाई कम गर्नेछ। फर्मले यो नेभिगेसनलाई विशाल व्यापारी जहाजहरूमा मात्र नभई आरामदायी र सजिला डुङ्गाहरूमा ल्याउने अपेक्षा गरेको छ।
प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार