आईफोन १४ को सेल्फी क्यामरा यसअघिका भर्सनको भन्दा तीन गुणा महंगो पर्ने

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
आईफोन १४ को सेल्फी क्यामरा यसअघिका भर्सनको भन्दा तीन गुणा महंगो पर्ने

काठमाडौं ।

आईफोन १४ को सेल्फी क्यामरा यसअघिका भर्सनका तुलनामा तीन गुणा महंगो पर्ने भएको छ।

हालै कोरियाबाट आएको एउटा रिपोर्टमा यस्तो जानकारी दिइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

एप्पलले आफ्नो नेक्स्ट-जेनेरेशन सिरिजका लागि हाइ-इन्ड सेल्फी क्यामरा सेन्सर खरिद गर्ने योजना बनाइरहेको छ। यसका लागि एलजी इन्नोटेक तथा शार्पले ती सेन्सर आपूर्ति गर्नसक्ने बुझिएको छ।

यसो भएको खण्डमा आईफोनको फ्रन्ट फेसिङ क्यामरा कुनै कोरियाली कम्पनीले बनाएको पहिलो पटक हुनेछ।

एप्पलले हालसम्म प्रयोगमा ल्याएका लो-इन्डबाट छलाङ मारेर हाइ-इन्ड सेल्फी क्यामरातिर लागेको जीएसएमएरिनामा उल्लेख छ।

एलजी इन्नोटेकका क्यामरा शुरुवातमा आईफोन १५ का लागि प्रस्ताव गरिए पनि १४ मै राख्ने बुझिएको छ। चिनियाँ क्यामरामा समस्या आएका कारण पनि यो निर्णय लिइएको हुन सक्ने बुझिएको छ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १० जेष्ठ २०७९, मंगलवार