Samsung

सामसङ ग्यालेक्सी एस२१ सिरिजमा मे २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध हुँदै

सामसङ ग्यालेक्सी एस२१ सिरिजमा मे २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध हुँदै
Global IME Bank

सामसङले ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोनहरुमा मे २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध गराउने भएको छ।

यो नयाँ अपडेटको फर्मवेयर भर्सन जी९९१बीएक्सएक्सयू५सीभीडीडी रहेको र हाल इटलीमा रहेका ग्यालेक्सी एस२१, एस२१+ तथा एस२१ अल्ट्रा उपलब्ध भइरहेको जीएसएमएरिनाले जनाएको छ।

तर यो रोलआउट केही दिनमा अन्य यूरोपेली देशहरुमा र त्यसपछि विश्वका अन्य बजारहरुमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

सम्बन्धित क्षेत्रका ग्यालेक्सी एस२१, एस२१ तथा एस२१ अल्ट्रा प्रयोगकर्ताले आफ्नो फोनको सेटिङ्समा गएर सफ्टवेयर अपडेट मेनुमा गएर चेक गर्न र उपलब्ध भएको खण्डमा अपडेट गर्न सकिने समाचारमा उल्लेख छ।

Sajilo Visa
easy care