युक्रेनमा रुसले आक्रमण गरेसँगै बिटक्वाइनको मूल्य घट्यो

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
युक्रेनमा रुसले आक्रमण गरेसँगै बिटक्वाइनको मूल्य घट्यो

काठमाडौं ।

रुसले युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३५ हजार डलर भन्दा तल गएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्ने घोषणा गरेपछि बिहीबार बिहानै बिटक्वाइनको मूल्य ३५ हजार डलरभन्दा तल झरेको सीएनएनले उल्लेख गरेको छ।

क्वाइनमार्केटक्यापको अनुसार, बिटक्वाइनले बिहान ३४ हजार ९६९ डलरमा व्यापार गरिरहेको थियो। मूल्य अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले घटेको हो।

विश्वको सबैभन्दा मूल्यवान क्रिप्टोकरेन्सी सप्ताहन्तमा ४० हजार डलर भन्दा तल झरेको छ, र युक्रेन संकट तीव्र हुँदै जाँदा निरन्तर ओरालो लागेको छ।

भूराजनीतिक तनाव, अमेरिकी फेडरल रिजर्भले ब्याजदर वृद्धिको सम्भावना र डिजिटल सम्पत्तिमा केही प्रमुख अर्थतन्त्रहरूले रोक लगाएका कारण क्रिप्टो मुद्राले नोभेम्बर ६८,९९० डलरको उच्च मूल्यमा पुगेकोमा हाल आधा मूल्य गुमाएको छ।

अन्य क्रिप्टोकरेन्सीहरू पनि बिहीबारको शुरुमा नै खस्कियो।क्वाइनमार्केटक्यापको अनुसार, ईथेरियम १२ प्रतिशत भन्दा बढी घट्यो, जबकि डजीक्वाइन १४ प्रतिशत भन्दा बढीले तल थियो।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...