ओपो रेनो७ सिरिज भारतमा छिट्टै सार्वजनिक हुने

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
ओपो रेनो७ सिरिज भारतमा छिट्टै सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोको रेनो७ सिरिज भारतमा छिट्टै आउने भएको छ। यो डिभाइस चीनमा भने गत वर्षको नोभेम्बरमा सार्वजनिक भएको थियो।

ओपोले भारतमा सार्वजनिक हुने यकिन मिति तोकिसकेको नभए पनि रेनो७ छिट्टै उपलब्ध हुने जानकारी भने दिएको छ।

तर कम्पनीले यसको प्रबर्द्धनको अभियान शुरु गरिसकेकाले यो डिभाइस भारतलगायत एसियाका अन्य मुलुकमा फेब्रुअरीको दोस्रो हप्तासम्म आइपुग्ने अपेक्षा गर्न सकिने जीएसएसएरिनाले उल्लेख गरेको छ।

यो सिरिजमा रेनो७ एसई, रेनो७ तथा रेनो७ प्रो रहेका छन् तर कम्पनीले भने यी तिनै फोन भारतमा उपलब्ध हुनेबारेमा केही बताएको छैन।

कम्पनीको प्रोमो पेजमा भने एसई तथा प्रो भेरियन्टमात्र समावेश गरिएको छ।

गत वर्षको नोभेम्बरमा आएको एक रिपोर्टमा ओपोले भारतमा रेनो७ एसई नल्याउने दावी गरिएको थियो। त्यसै रिपोर्टमा रेनो७ को मूल्य २८ देखि ३१ हजार भारु तथा प्रो भेरियन्टको मूल्य ४१ देखि ४३ हजार भारुसम्म रहने उल्लेख गरिएको थियो।

रेनो७ एसईमा डाइमेन्सिटी ९०० साथै रेनो७ र रेनो७ प्रोमा क्रमश: स्न्यापड्रागन ७७८जी तथा डाइमेन्सिटी १२०० चिपसेट रहने बुझिएको छ। यसबाहेक सबै तीन भेरियन्टमा ९० हर्ज रिफ्रेश रेटयुक्त  फुल एचडी+ एमोलेड डिस्प्ले रहनेछ।

डिस्प्लेको साइज भने भ्यानिला र एसई भेरियन्टमा ६.४३ तथा प्रो भेरियन्टमा ६.५५ इन्च रहने बताइएको छ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार