
काठमाडौं ।
कन्जुमर ईलेक्ट्रोनिक्स सो अर्थात सीईएस आजदेखि अमेरिकाको लस भेगासमा शुरु भएकोछ। विश्वकै सबैभन्दा कन्जुमर ईलेक्ट्रोनिक्स प्रदर्शनी मानिएको यो इभेन्टमा सहभागी हुन विश्वभरबाट कम्पनीहरु र मानिसहरु जाने गर्दछन्।
यो इभेन्ट आजबाट शुरु भएर जनवरी ७ अर्थात् शुक्रबारसम्म सञ्चालन हुनेछ। नयाँ ग्याजेट तथा प्रविधिमा आधारित यो इभेन्टको चर्चा वर्षभरी नै भइरहन्छ।
इभेन्टमा थुप्रै कम्पनीले आफ्ना नयाँ प्रविधि, उत्पादन र सेवाहरु सार्वजनिक गर्दछन्।
यीमध्ये केहीको प्रविधिले त मानिसहरुलाई आश्चर्यचकित नै बनाउँछ। यो शो को आयोजना अमेरिकाको लस भेगसमा रहेको सम्मेलन केन्द्रमा गरिन्छ। ५५ वर्षअघिबाट शुरु भएको यो इभेन्टको इतिहास यस्तो थियो।
पहिलो शो मा २५० कम्पनीको उपस्थिति
सन १९६७ मा भएको पहिलो सीईएसमा १७ हजार ५ सय भिजिटर आएका थिए। उक्त शोमा एलजी, मोटोरोला तथा फिलिप्सजस्ता ठूला लगायत २५० कम्पनीको सहभागिता थियो। इभेन्टको क्षेत्रफल एक लाख स्क्वायर फिट थियो भने यसको मुख्य आकर्षण इन्टिग्रेटेड सर्किट भएको टीभी तथा पकेट रेडियो थिए।
सीईएसको सफलतापछि यो सन् शो १९७८ मा वर्षमा दुई पटक हुने निर्णय गरियो। जनवरीमा यसलाई लस भेगसमा विन्टर कन्जुमर इलेक्ट्रोनिक्स शो तथा जूनमा शिकागो समर कन्जुमर इलेक्ट्रोनिक्स शो भन्ने नाम दिइयो।
एक वर्षमा दुई पटक आयोजना हुने यो सिलसिला सन् १९९४ सम्म चल्यो। लस भेगसमा हुने इभेन्ट शिकागोको भन्दा बढी लोकप्रिय हुन थाल्यो। यसै क्रममा सन् १९९५ देखि यो शो का लागि लस भेगसमा सम्मेलन केन्द्र बनाइयो।
२०१९ मा पाैने २ लाख भन्दा बढी भिजिटर सहभागी
सन् २००६ मा आयोजित सीईएसमा डेढ लाख भिजिटर आएकामा त्यसबेलासम्मका लागि यो अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स इभेन्ट पनि बन्न पुग्यो।
यसपछि यो शो मा प्रत्येक वर्ष १ लाखभन्दा बढी भिजिटर आउन थालेका छन्। यसै क्रममा सन् २०१९ मा पोने २ लाखभन्दा पनि धै भिजिटर सहभागी भएका थिए।
त्यसबेला यो इभेन्ट १ लाख ६७ हजार वर्गफिटमा आयोजना गरिएको थियो।
२०२१ मा पहिलोपटक भर्चुअल इभेन्ट:
कोभिडको खतराका कारण गत वर्ष अर्थात् सन् २०२१ मा सीईएसको २०२१ संस्करण भर्चुअल रुपम आयोजना गरिएको थियो। ५२ वर्षको इतिहासमा अमेरिकाको लस भेगसको सम्मेलन केन्द्र भिडभाडरहित थियो।
प्रकाशित: २१ पुष २०७८, बुधबार