काठमाडौं ।
नयाँ वर्ष नजिकिँदै गर्दा गुगलको आउँदै गरेको पिक्सेल वाचको केही विवरण लीक भएको छ।
हालै बाहिर आएका केही तस्बिरहरुका अनुसार गुगल पिक्सेल वाचको बडी गोलाकार हुने र यसमा डिस्प्ले पनि गोलाकार टचस्क्रीनसहितको हुने बुझिएको छ।
९टू५गुगलमार्फत् हालै बाहिरिएको एक रिपोर्टमा पिक्सेल एक्सपेरियन्स वाच समावेश भएकोले यो वाचको नाम पिक्सेल रहने निश्चित गरेको मात्र नभइ पिक्सेल स्मार्टवाचमा वेयर ओएस पनि उपलब्ध हुने संकेत गरेको छ।
पिक्सेल नाम तथा फिचरबाहेक वेयर ओएस३ ले गुगल असिस्टेन्टमा अत्याधुनिक अपडेट ल्याउने र यसले आवाज बुझेर अफलाइनमा पनि काम गर्ने बताइएको छ। यो फिचर हाल केही निश्चित पिक्सेल स्मार्टफोनहरुमा मात्र उपलब्ध छ।
रिपोर्टमा यो डिभाइसमा सामसङको एक्जिनोस वा टेन्सर चिपसेट रहने उल्लेख गरिएको छ।
यो डिभाइस सन् २०२२ को कुनै कालखण्डमा सार्वजनिक हुन सक्ने बताइए पनि कुनै निश्चित मिति तोकिएको छैन।
प्रकाशित: ७ पुष २०७८, बुधबार