फोल्डिङ र स्लाइडिङ गर्न सकिने डिस्प्ले भएको स्मार्टफोन ल्याउँदै सामसङ

  • Technology Khabar | ४ पुष २०७८, आईतवार
फोल्डिङ र स्लाइडिङ गर्न सकिने डिस्प्ले भएको स्मार्टफोन ल्याउँदै सामसङ

काठमाडौं ।

सामसङले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको छ। सामसङको आगामी फोल्डेबल स्मार्टफोनको प्याटेन्ट विपोमा दर्ता भएको छ । यो सामसङ प्याटेन्ट यस वर्ष जुनमा विपोमा दायर गरिएको थियो र डिसेम्बर १६ मा प्रकाशित भएको थियो।

सामसङको यो प्याटेन्टको विवरणले यो इलेक्ट्रोनिक उपकरणले फोल्डिङ र स्लाइडिङ मेकानिजमलाई सपोर्ट गर्छ भन्ने देखाउने ९१ मोबाइल्सले रिपोर्टमा उल्लेख गरेको छ।

प्याटेन्टको साथमा रहेका तस्बिरहरूले फोन फोल्ड गर्न मिल्ने मात्र नभएर बाहिर तिर पनि स्लाइड गर्न सकिन्छ भन्ने कुरा प्रकट गर्दछ।

यो फोन ठूलो डिस्प्लेको साथ गेमिङ र भिडियो हेर्नको लागि उत्तम विकल्प हुन सक्छ।

सामसङले फोल्डेबल सेग्मेन्टमा पहिले नै बजारको नेतृत्व गरिरहेको छ। तर, कम्पनीले रोलेबल डिस्प्लेका साथ केही नयाँ गर्न चाहन्छ।अहिलेसम्म यो कुनै पनि फोनमा देखिएको छैन्।

यस फोनको रोल गर्न मिल्ने स्क्रिनलाई आवश्यक पर्दा भित्र/बाहिर सार्न सकिन्छ। यसबाहेक, फोनको रोल गर्न मिल्ने स्क्रिनलाई बाहिर ननिकाल्दा पनि फोल्ड गर्न सकिन्छ। जब फोन पूर्णरूपमा खोलिन्छ, यो एक धेरै ठूलो डिस्प्ले (जुन आधा तह फोल्ड भएको हुन्छ) भएको एक डिभाइस बन्छ। यो फोनमा स्क्रिन घुमाउनको लागि मोटर र यसलाई फोल्ड गर्नको लागि एक हिंज मेकानिज्म हुनेछ।

हाल, यो सामसङ फोन बारे जानकारी उपलब्ध छैन। किनभने यो फोन अहिले पेटेन्टको चरणमा छ।

प्रकाशित: ४ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • ४ पुष २०७८, आईतवार