
काठमाडौं ।
विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी ईलेक्ट्रोनिक्स अन्तर्गत ईओएल प्रालिले नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ।
कम्पनीले नयाँ क्युलेड फोरके टीभी सि ७२८ मोडेल र फोरके युएचडी एआई टीभी पि७२५ मोडेल आफ्नो टङगाल स्थित शोरुमबाट सार्वजनिक गरेको हो।
टिसीएलको नयाँ क्युलेड फोरके टीभी सि७२८ मोडेल ५५ू र ६५ू इन्चमा उपलब्ध छ भने फोरके युएचडी एआई टीभी पि७२५ मोडेल ७५ू इन्चमा उपलब्ध छ।
कम्पनीले भनेको छ, “क्युलेड फोरके टीभीको क्वान्तम डट डिस्प्ले टेक्नोलोजीले शत प्रतिशत रङको मात्रा प्रदान गर्नुका साथै दृश्यको अरबौ क्वान्तम डट तहहरुलाई फिल्टर गरेर जिबन्त दृश्य सम्प्रेषण र अधिकतम गुणस्तर प्रदर्शन गर्दछ। यो टीभीले उच्च गुणस्तरको अन्तरक्रियात्मक भिडियो गेमिङ र होम इन्टरटेन्मेन्ट चाहने ग्राहकहरुको लागि पनि बिशेष आयाम थपेको छ । यो टीभीमा १२०हर्ज एमइएमसि, उच्च रिफ्रेश रेट डाइनामिक कम्पेन्सेसन रहेको छ जसले दृश्यलाई अझ स्मूथ बनाउँछ। यसमा उपलब्थ भ्यारीएबल रिफ्रेश रेट, अटो लो लेटेन्सी मोड, इएआरसी प्लस प्रोपाइटरी सफ्टवेर अल्गोरिथमले खेलकुदको आश्चर्यजनक दृश्य प्रदान गर्नुका साथै छिटो चल्ने एक्सन दृश्यहरु पनि बिना कुनै ढिलाई सम्प्रेषण हुन्छ।”
कम्पनीका अनुसार यो टीभीमा उत्कृष्ट ध्वनी अनुभबको लागि डल्बी एट्मोस फिचर र ओन्क्योको थिएटर लेभल साउन्ड सिस्टम र साउन्डबार रहेको छ।
यो टीभी स्मार्टफोन बाट पनि सन्चालन गर्न सकिन्छ, स्मार्टफोनमा भएको कन्टेटहरु पनि टीभीमा चलाऊन सकिन्छ र साथै यो टीभी सरल भोईस कमाण्ड बाट पनि चलाऊन सकिन्छ। यो टिभीमा ३ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २६ मंसिर २०७८, आईतवार