इन्स्टाग्रामबाट ट्विटरमा क्रस पोस्ट गर्न सजिलो हुने, वर्षौंपछि फिर्ता आयो लिङ्क प्रिभ्यू फिचर

  • Technology Khabar | २१ कार्तिक २०७८, आईतवार
इन्स्टाग्रामबाट ट्विटरमा क्रस पोस्ट गर्न सजिलो हुने, वर्षौंपछि फिर्ता आयो लिङ्क प्रिभ्यू फिचर

काठमाडौं ।

इन्स्टाग्रामले लिङ्क प्रिभ्यू फिचरलाई फिर्ता ल्याएको छ। यो सुविधालाई ट्विटर कार्ड पनि भनिन्छ। यो सुविधाले इन्स्टाग्रामबाट ट्विटरमा क्रस-पोष्ट गर्न धेरै सजिलो बनाउँछ।

अब प्रयोगकर्ताहरूले ट्विटरमा इन्स्टाग्राम लिङ्क सेयर गर्दा, पोस्टको प्रिभ्यू ट्वीटमा देखा पर्नेछ। यसअघि ट्विटरमा इन्स्टाग्राम लिङ्क पोस्ट गर्दा इन्स्टाग्राम लिंकको यूआरएल मात्रै देखिन्थ्यो।

यो अपडेट एन्ड्रोइड, आईओएस र वेबका सबै प्रयोगकर्ताहरूको लागि सुरु भएको छ। विशेष कुरा के छ भने इन्स्टाग्रामले नौ वर्षपछि ट्विटर कार्ड फिर्ता ल्याएको छ ।

इन्स्टाग्रामले नयाँ ट्वीटमा यो फिचर फिर्ता आएको घोषणा गर्दै भन्यो, “अब तपाईले ट्विटरमा इन्स्टाग्राम लिङ्क साझा गर्दा, त्यस पोस्टको प्रिभ्यू देखा पर्नेछ।”

 

रिपोर्टका अनुसार, इन्स्टाग्रामले २०१२ मा मेटा (पहिले फेसबुक) द्वारा अधिग्रहण गरेपछि ट्विटरमा पोष्टहरूको प्रिभ्यू क्षमता बन्द गरेको थियो। त्यसपछि इन्स्टाग्रामका संस्थापक र पूर्व सीईओ केभिन सिस्ट्रोमले यो निर्णय मेटाका सीईओ मार्क जुकरबर्गको नभई आफ्नो भएको बताएका थिए।

प्रकाशित: २१ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Grand Exchange Carnival: “New khojne lai jhyammai”

  • Technology Khabar
  • २१ कार्तिक २०७८, आईतवार