सन् २०२३ मा आइस-हन्टिङ रोभर अवतरणका लागि नासाद्वारा चन्द्रमाको नोबिल क्रेटर चयन

  • Technology Khabar | ६ आश्विन २०७८, बुधबार
सन् २०२३ मा आइस-हन्टिङ रोभर अवतरणका लागि नासाद्वारा चन्द्रमाको नोबिल क्रेटर चयन

काठमाडौं ।

नासाले आगामी सन् २०२३ मा आर्टेमिज परियोजना अन्तर्गत चन्द्रमामा पठाउने आइस हन्टर नामक चन्द्रयान अवतरणका लागि नोबिल क्रेटर भन्ने स्थान चयन गरेको छ।

गत सोमबार यो जानकारी सार्वजनिक गरेको नासाले उक्त रोबोटले चन्द्रमाको सतहभित्र पानी भए नभएको पत्ता लगाउने र पानी भएको खण्डमा त्यसलाई भविष्यमा मंगल ग्रह तथा अन्य ग्रहमा रकेट पठाउँदा इन्धनका रुपमा विकास गर्न सकिने बताएको छ।

‘नोबिल क्रेटर दक्षिणी ध्रुवनजिक रहेको प्रभावबाट निर्मित क्रेटर हो जुन अर्को सानो अलोकिक पिण्डसँगको ठक्करबाट बनेको हो’, नासाको ग्रह विज्ञान विभागका निर्देशक लोरी ग्लेजले भने।

यो सोर्यमन्डलको सबैभन्दा चिसो क्षेत्रमध्येको एक हो जसमा अहिलेसम्म नासाको लुनार रिकोनेन्स अर्बिटर तथा लुनार क्रेटर अब्जरभेसन र सेन्सिङ स्याटेलाइटजस्ता सेन्सरहरुको प्रयोग गरेर टाढैबाट मात्र अवलोकन गर्न सकिएको छ।

ग्लेजरले उक्त रोभरले त्यस क्षेत्रमा गएर नजिकैबाट चन्द्रमाको माटोको सतहबाट थुप्रै फिट तलसम्म अनुसन्धान गर्ने बताए।

उक्त रोबोटको नाम भोलटाइल्स इन्भेस्टिगेटिङ पोलर एक्सप्लोरेशन रोभर अर्थात् भाइपर रहेको छ। सोर्य उर्जाबाट चल्ने यो रोबोट मंगल ग्रहमा पठाइएको रोभरभन्दा फरक खालको हुने बुझिएको छ।

नासाले यो मिसनबाट चनद्रमामा जमेको पानी कसरी पुग्यो, करोडो वर्षसम्म कसरी सुरक्षित रह्यो, यो यहाँबाट कहाँ र कसरी जान्छ भन्नेबारेमा पत्ता लगाउन चाहेको बताइएको छ ।एजेन्सीका साथ

प्रकाशित: ६ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ६ आश्विन २०७८, बुधबार