बिटक्वाइनको मूल्य अर्को बर्षको शुरुमा १ लाख डलर पुग्ने स्ट्याण्डर्ड चार्टर्डको अनुमान

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
बिटक्वाइनको मूल्य अर्को बर्षको शुरुमा १ लाख डलर पुग्ने स्ट्याण्डर्ड चार्टर्डको अनुमान

काठमाडौं ।

स्ट्यान्डर्ड चार्टर्डको एक नयाँ क्रिप्टोकरेन्सी अनुसन्धान टीमले बिटक्वाइनको मूल्यमा दोब्बर वृद्धि हुने भविष्यवाणी गरेको छ। जसले अर्को बर्षको शुरुवात सम्म १ लाख डलर मूल्य पुग्नेछ र यो दिर्घकालमा १ लाख ७५ हजार डलर मूल्य हुन सक्छ।

बैंकले “संरचनात्मक” मूल्यवान इथेरियम, दोस्रो सबैभन्दा धेरै कारोबार हुने क्रिप्टो सम्पत्ति हुने अनुमान गरेको छ। इथेरियम भविश्यमा २० हजार डलरदेखि ३५ हजार डलरसम्म पुग्नेछ र त्यसबेला बिटक्वाइनको मूल्य १ लाख ७५ हजार डलरको नजिक हुने स्ट्यान्डर्ड चार्टर्डले अनुमान गरेको रोयटर्सले उल्लेख गरेको छ।

“विनिमयको एक माध्यम को रूपमा, बिटक्वाइन भविष्यको नगद रहित दुनियामा वैश्विक बैंकिङ्गको लागी एक प्रमुख पियर टू पियर भुक्तानी विधि बन्न सक्छ,” जेफ्री केन्ड्रिकको नेतृत्वमा स्ट्यान्डर्ड चार्टर्डको नयाँ क्रिप्टो अनुसन्धान इकाईले भनेको छ ।

बिटक्वाइन बुधवार प्रारम्भिक यूरोपीय व्यापार बजारमा ४६,०२४ डलर मा रहेको छ । सोमबार मात्र बिटक्वाइन ५२ हजार डलर माथि पुगेको थियो ।

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...