आई पे रेमिटको टिकटक च्यालेन्ज घोषणा, प्रथम हुनेलाई २० हजार रुपैयाँ पुरस्कार

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
आई पे रेमिटको टिकटक च्यालेन्ज घोषणा, प्रथम हुनेलाई २० हजार रुपैयाँ पुरस्कार

काठमाडौं ।

आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेज घोषणा गरेको छ।

भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहनु हुने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ।

भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास प्राइज २० हजार जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ।

साथै यस च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्र मार्फत ५०० को टपअप पाउनेछन् भने सर्वाधिक लाइक आएको कुनै एक प्रत्योगिले नगद पुरस्कार १० हजार जित्ने मौका पाउनेछन् ।

मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट रकम ल्याईरहेको आई पे रेमिटले रियल टाईम एकाउन्ट डिपोजिट सुविधा साथै नेपाल भर छरिएर रहेको १२ हजार भुक्तानी काउन्टरबाट ग्राहकवर्गहरुलाई सुविधा दिँदै आइरहेको छ।

अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १४ भाद्र २०७८, सोमबार