भर्जिन हाइपरलूपद्वारा नयाँ ‘पड’ को कन्सेप्ट भिडियो सार्वजनिक

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार
भर्जिन हाइपरलूपद्वारा नयाँ ‘पड’ को कन्सेप्ट भिडियो सार्वजनिक

काठमाडौं ।

भर्जिन हाइपरलूपले हालै एउटा भिडियो सार्वजनिक गर्दै आफ्नो चुम्बकीय शक्तिमा आधारित यात्रुवाहक पडको भावी सञ्चालन योजनाका बारेमा व्याख्या गरेको छ।

यो पडले लगभग भ्याकूम अवस्थामा रहेको ट्यूबमार्फत् प्रतिघण्टा १ हजार किलोमिटरभन्दा बढी यात्रा गर्न सक्ने कम्पनीको दावी छ।

यी पडहरु एक आपसमा जोडिएर रेलको जस्तो आकार बन्ने नभइ सडकमा गाडीहरु गुडे झैं एक अर्कासँग नजोडिइ अगाडि पछाड भएर स्वतन्त्र रुपमा नै सञ्चालन हुन सक्ने बुझिएको छ।

गत वर्ष अमेरिकाको नेभादा मरूभूमिमा पहिलो पटक यात्रुहरूसहित हाइपरलूपमार्फत यात्रा परीक्षण गर्दा यसको गति १७० किमी प्रति घण्टासम्म पुगेको थियो।

तर एक आलोचकले भने उक्त भिडियो अफवाह वा अतिशयोक्ति मात्र भएको आरोप लगाएका छन्।

रेलवे इन्जिनीयर तथा लेखक ग्यारेथ डेनिसले ट्वीटमा उक्त भिडियो आकर्षक बनाइएको र कम्प्युटरमार्फत् बनाइएको एनिमेशन राखेर ‘सबै कुराले राम्ररी काम गर्ने र गज्जब भएको’ भनिएको आरोप लगाएका हुन्।

डेनिसले एउटा दिशामा प्रतिघणटा लाखाैं यात्रु ओसार्ने प्रविधिको भिजनका बारेमा प्रश्न गर्दै यसका लागि प्रत्येक घण्टा हज्जाराैं र समग्रमा प्रत्येक ३ सेकेन्डमा एउटा पड आवश्यकता पर्ने समाचार संस्था बीबीसीलाई बताए।

यो पनि पढ्नुहोस्

भर्जिन हाइपरलूपद्धारा पहिलोपटक यात्रुसहितको नयाँ यातायात प्रणालीको परीक्षण

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १० भाद्र २०७८, बिहीबार