जूमले आफ्ना कर्मचारीका लागि घर र अफिसबाट काम गर्ने गरी हाइब्रिड तरिका अपनाउने

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार
जूमले आफ्ना कर्मचारीका लागि घर र अफिसबाट काम गर्ने गरी हाइब्रिड तरिका अपनाउने

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ एप जूमले कर्मचारीलाई कार्यालयमै बोलाएर र घरबाट काम गर्न मिल्ने गरी हाइब्रिड प्रणाली अपनाउने भएको छ।

आफ्ना कर्मचारीबीच गरिएको आन्तरिक सर्वेक्षणमा कम्पनीले १ प्रतिशत कर्मचारी मात्र अफिसमा फर्केर पूरा समय काम गर्न इच्छुक रहेको र अन्य ९९ प्रतिशतले घरबाटै काम गर्ने इच्छा व्यक्त गरेको पाएको छ।

कोरोना महामारीका बीच एपको व्यवसाय सन् २०१९ वर्षको तुलनामा २०२० को अन्तिम त्रैमासमा ३७० प्रतिशतले वृद्धि भएको थियो। कम्पनीले रणनीतिक रुपमा अफिस र घरबाट गर्ने कामलाई समायोजन गर्न खोजेको र यो आफैंमा सजिलो नभएको बताएको छ।

जूमका कर्मचारीमा गरिएको मत सर्वेक्षणमा आधा जसो कर्मचारीले घर र अफिसबाट मिलाएर हाइब्रिड रुपमा तथा बाँकी आधाले पूर्णरुपमा घरबाटै काम गर्न चाहेको पाइएको छ।

कम्पनीको एउटा ब्लगमा मुख्य वित्त अधिकारी केली स्टेकलबर्गले आफूहरुले यो हाइब्रिड प्रणाली कस्तो हुनेछ भनेर भर्खरै अनुभव गर्न थालेको बताएका छन्।

‘हामीले हाम्रो अस्ट्रेलियाको सिड्नीमा रहेको कार्यलय यो ग्रीष्म ऋतुमा खोल्याैं तर केही समयमै कोभिड-१९ को खतराका कारण अस्थायी रुपमा बन्द गर्याैं। हामी माहोल अलि सुरक्षित भएपछि फेरि खोल्ने योजनामा छाैं तर आगामी शरद ऋतुमा अर्को ठाउँमा अफिस खोल्ने योजनामा भने असर पर्ने देखिएको छ’, उनले लेखेकी छिन्।

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १० भाद्र २०७८, बिहीबार