यूट्युबले कोभिड-१९ का बारेमा खतरनाक मिथ्या सूचना रहेका १० लाख भिडियो हटायो

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार

काठमाडौं ।

गुगलको स्वामित्वमा रहेको यूट्युबले सन् २०२० फेब्रुअरी यता कोभिढ-१९ का बारेमा भ्रामक उपचार तथा अफवाहहरुजस्ता खतरनाक मिथ्या सूचना प्रवाह गर्ने १० दश लाख भिडियो हटाएको छ।

यूट्युबका चिफ प्रडक्शन अफिसर नील मोहनले आफूहरुले हटाउने सामग्रीमा मात्र ध्यान दिएको खण्डमा मानिसहरुले हेर्ने अथाह मात्राको सामग्री छुटिरहेका हुने बताएका छन्।

‘खराब सामग्री यूट्युबमा रहेका अर्बै भिडयोमध्ये सानो हिस्सामा मात्र रहेका छन्। हाम्रो नीति उल्लङ्घन गर्नेमा समग्र हेरिएकाको १८ देखि १८ प्रतिशत भिडियो रहेका पाइएको छ’, मोहनले बुधबार एउटा ब्लग पोस्टमा लेखेका छन्, ‘मिथ्या सूचना अहिले सीमान्तबाट मूलधारमा पुगिसकेको छ। यो समाजको हरेक विषयवसतु र कुनाकाप्चामा पुगिसकेको छ। कहिलेकाहीं त यसले समुदायहरुलाई तहसनहस पनि पार्न सक्छ।’

उनले यूट्युबले प्रत्येक त्रैमासमा १ करोड ओटा भिडियो हटाउने र तीमध्ये १० भ्यू पनि नभएकाहरु पर्ने बताए।

हाल यूट्युबले आधिकारिक र भरपर्दो स्रोतबाट मात्र सूचना तथा जानकारी लिइरहेको र हानीकारक जानकारी समावेश गरिएका भिडियोहरुलाई घटाउँदै गइरहेको छ।

मोहनका अनुसार कोभिड-१९ का सम्बन्धमा सीडीसी तथा स्वास्थ्य संस्थाहरुका विज्ञहरुबाट आएको निष्कर्षलाई मुख्य आधार मान्ने गरेको छ। अधिकांश घटनाहरुमा मिथ्या सूचना कममात्र स्पष्ट हुने गर्छ।

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १० भाद्र २०७८, बिहीबार