ट्विटरले देशको कानून मान्न थालेको भारत सरकारको भनाइ

  • Technology Khabar | २७ श्रावण २०७८, बुधबार
ट्विटरले देशको कानून मान्न थालेको भारत सरकारको भनाइ
फाइल तस्बिर

काठमाडौं ।

ट्विटरले हाल भारत सरकारो इन्टरनेटसम्बन्धी नियम मान्न थालेको बताइएको छ।

हालै संघीय सरकारको प्रतिनिधित्व गरेका एक वकिलले दिल्ली अदालतलाई यस्तो जानकारी दिएको ब्लूमबर्गले लेखेको छ।

ट्विटरले भारतमा चिफ कम्प्लायन्स अफिसर तथा ग्रिभान्स अफिसर दुवैको जिम्मेवारी सम्हाल्ने गरी एक जना नोडल अफिसर नियुक्त गरिसकेको छ।

गत फेब्रुअरीमा घोषणा भएको भारतको नयाँ नियम अनुसार यी तीनै अफिसरको नियुक्ति अपरिहार्य थियो। कम्पनीले ती अधिकारीहरलाई अघिल्लो हप्ता नै नियुक्त गरेको जनाएको छ।  

गुगल तथा फेसबुकले स्थानीय अधिकारीहरुले मागेका सूचनाहरु गत मे देखि नै उपलब्ध गराउँदै आए पनि ट्विटरले भने यसलाई स्वीकार नगरी अदालत गएको थियो। गत जुनमा सरकारले नयाँ नियम नमाने नसोचेको परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो।

पछि अदालतले मुद्दाको फैसला सरकारको पक्षमा दिएको थियो। त्यसपछि उसले २ जना आवासीय कार्यकारीहरु नियुक्त गर्नुपर्ने भएको थियो।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २७ श्रावण २०७८, बुधबार