दुई औंलाले डबल ट्याप गर्दा च्याप्टर स्किप गर्न मिल्ने फिचर ल्याउँदै यूटुयुब

  • Technology Khabar | २७ श्रावण २०७८, बुधबार

काठमाडौं ।

यूट्युबले भिडियोमा फास्ट फर्वार्ड र रिवाइन्ड फिचर थप गर्ने भएको छ।

यसबाट यूजरहरुले भिडियो हेरिरहँदा केही च्याप्टरहरु छोडेर अर्कोमा जान सक्छन्।

यसका लागि यूजरले दुई औंलाले डबल ट्याप गरेर अगाडि वा पछाडि जान सक्छन्। तर यो फिचर ती भिडियोहरुमा मात्रा लागू हुन्छन जसमा पब्लिशरले डेस्क्रिप्शनमा भिडियोका च्याप्टर तोकेको हुन्छ।

यो नयाँ दुई औंलाले डबल ट्याप गर्ने फिचर यूट्युबमा लागि पहिलो पटक एक रेडिट यूजरले याद गरेका थिए। यो कुरा केहीदिन अघि एन्ड्रोइड पुलिसमा आएको थियो।

ती रेडिट यूजरले यूट्युबले दुई ‌औंलाले डबल ट्याप गर्ने फिचर थपेको बताएपछि ग्याजेट ३६० ले परीक्षण गरेर सही भएको पत्ता लगाएको थियो। यो नयाँ फिचर एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ।

यूजरहरुले भिडियो प्रेयरको दायाँपट्टि ट्याप गर्दा अर्को च्याप्टरमा पुग्छ। रिवाइन्ड गर्नका लागि भने त्यस्तै तरिकाले बायाँपट्टि ट्याप गर्नुपर्छ।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २७ श्रावण २०७८, बुधबार