गुगलद्वारा स्थानान्तरण र रिमोट वर्कका लागि आएको १० हजारमध्ये ८५ प्रतिशत आग्रह स्वीकार

  • Technology Khabar | २५ श्रावण २०७८, सोमबार
गुगलद्वारा स्थानान्तरण र रिमोट वर्कका लागि आएको १० हजारमध्ये ८५ प्रतिशत आग्रह स्वीकार

काठमाडौं ।

गुगलले आफ्ना कर्मचारीबाट आएका स्थानान्तरण तथा रिमोट वर्कका लागि आएकामध्ये अधिकांश आग्रह स्विकार गरेको छ।

प्रारम्भिक समीक्षामा कम्पनीले लगभग ८५ प्रतिशत आग्रहलाई स्विकार गरेको थियो। कोरोना महामारी शुरु भएयता विश्वका अधिकांश संघ संस्थाहरुले घर र अफिस दुवै मिलाएर काम गर्ने हाइब्रिड परिपाटी अपनाउँदै आएका छन्।

केही महिना यता गुगलमा १० हजार कर्मचारीले स्थानान्तरण र रिमोट वर्कका लागि आग्रह गरेकामा कम्पनीले यो हप्ता अनुमोदन गरेको बताएको छ।

बिजनेस इन्साइडरका अनुसार सङ्ख्यामा हेर्दा गुगलले १० हजारमध्ये ८ हजार ५ सय जनाको आग्रह जुलाइ २ मा अनुमोदन गरेको थियो। कम्पनीले विशेष उपकरणको प्रयोग गरेर कार्यालयबाटै काम गर्नुपर्नेहरुको आग्रह भने अस्विकार गरेको बुझिएको छ।

स्टाटिस्टाका अनुसार सन् २०२० को अन्त्यसम्ममा गुगलको माउ कम्पनी अल्फाबेटमा १ लखा ३५ हजार ३०१ पूर्णकालीन कर्मचारी थिए। यसका हिसाबले हेर्दा गुगलका समग्रमध्ये ७.४ प्रतिशत कर्मचारीले नयाँ ठाउँबाट काम गर्न आग्रह गरेको र तीमध्ये ६.२९ प्रतिशतको आग्रहमात्र स्विकार गरिएको देखिन्छ।  

प्रकाशित: २५ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २५ श्रावण २०७८, सोमबार