ह्वावेको आम्दानीमा अमेरिकाले प्रतिबन्ध लगाएपछिकै सबैभन्दा धेरै गिरावट

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
ह्वावेको आम्दानीमा अमेरिकाले प्रतिबन्ध लगाएपछिकै सबैभन्दा धेरै गिरावट

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेको आम्दानी दोस्रो त्रैमासमा अमेरिकाले प्रतिबन्ध लगाएपछिकै सबैभन्दा बढी खस्किएको छ।

सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाउनु अघिसम्म ह्वावे फाइभजी प्रविकधिमा विश्वमै अग्रणी थियो।

प्रतिबन्धपछि कम्पनीले विश्व बजारमा निकै उतारचढाव खेप्नुपर्यो। यसको असर स्मार्टफोन बिक्रेखि लिएर कम्पनीको समग्र आम्दानीमै पर्न गयो। कम्पनीले हालै जारी गरेको पहिलो ६ महिनाको प्रतिवेदनमा समग्र आम्दानीमा गत वर्षको भन्दा २९.४ प्रतिशतले गिरावट आएको पाइएको छ। गत वर्ष कम्पनीको समग्र आम्दानी साढे ४९ अर्ब डलर रहेको थियो।

कम्पनीको कन्जुमर इलेक्ट्रोनिक्स विभागको आम्दानीमा यो अवधिमा सन् २०२० को भन्दा ४७ प्रतिशतले गिरावट आएको छ। यो अमेरिकाले कम्पनीमाथि प्रतिबन्ध तथा विश्वव्यापी चिप अभावका कारण भएको बुझिएको छ। त्यस बाहेक कम्पनी बचाइराख्न अनर ब्रान्ड नै बेच्नुपर्ने स्थिति पनि आइपरेको थियो।  

तर यो अवधिको रिपोर्टले कम्पनीको ध्यान सफ्टवयर विकासतिर गएको पनि देखाएको छ। यस्ता व्यावसायिक गतिविधिबाट कम्पनीको आम्दानी गत वर्ष १८.२ प्रतिशत भएकोमा यो वर्ष अझ बढ्ने अपेक्षा गरिएको छ।

क्लाउडमा आधारित सेवा तथा हार्मोनीओएसमार्फत् कम्पनी आफूलाई अब्बल रुपमा उभ्याउने प्रयास गरिरहेको छ। हालसम्म हार्मोनीओएस १ करोड ५० लाख डिभाइसमा इन्स्टल भैसकेको र यो बढ्ने क्रममा रहेको छ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...