डि.जि. लिङ्क नेटवर्क प्रालिलाई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र प्रदान

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
डि.जि. लिङ्क नेटवर्क प्रालिलाई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र प्रदान

काठमाडौं ।

डि.जि. लिङ्क नेटवर्क प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको छ ।

नियमनकारी निकायसमक्ष कम्पनीले दूरसञ्चार ऐन, २०५३ को दफा २३ को उपदफा (२) बमोजिम इन्टर्नेट (इ–मेल सहित) सेवा सञ्चालन गर्न पेश गरेको निवेदनको मूल्याङ्कन गरी आर्थिक तथा प्राविधिक रुपमा सक्षम देखिई अनुमतिपत्र प्रदान गर्न व्यवस्थापनबाट सिफारिश भई आएकोले इन्टर्नेट (इ–मेल सहित) सेवाको लागि तोकिएको अनुमतिपत्र दस्तुर बुझाउन सात दिनको म्याद दिई सो म्यादभित्र उक्त दस्तुर बुझाई अनुमतिपत्र लिन आएमा दिने निर्णय गरेको हो ।

साथै अनुमतिपत्र लिंदाको बखत प्रस्तावमा पेश भएको महशुल दर सो स्थानमा उपलव्ध अन्य सेवा प्रदायकहरुको महशुल दरको तुलनात्मक विवरण अनुसार समयसापेक्ष देखिएकोले दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम निम्नानुसार महशुल दर स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ।

स्वीकृत महशुल दर प्राधिकरणबाट स्वीकृत भएको मिति उल्लेख गरी सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गर्नुपर्ने नियम रहेको छ ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...