किरिन चिपसेटको अभावका कारण ह्वावेले पी५० सिरिजमा स्न्यापड्रागन प्रयोग गर्ने सम्भावना

  • Technology Khabar | ३१ असार २०७८, बिहीबार
किरिन चिपसेटको अभावका कारण ह्वावेले पी५० सिरिजमा स्न्यापड्रागन प्रयोग गर्ने सम्भावना

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आउँदै गरेको पी५० सिरिजमा प्रयोग हुने चिपसेटमा केही परिवर्तन गर्ने बुझिएको छ।

हालै बाहिर आएको एक रिपोर्ट अनुसार अमेरिकामा प्रतिबन्ध लागेपछि कम्पनीले प्रयोग गर्दै आएको किरिन चिपसेटको आपूर्ति सीमित मात्र भएको र ती स्टकमा रहेका चिपसेटह पी५० सिरिजका लागि अपुग हुने भएपछि कम्पनीले विकल्प खोज्न लागेको हो।

गत जुनमा किरिन चिपसेट अभावका कारण ह्वावेको पी५० सिरिजलाई असर पर्ने रिपोर्ट आएकामा अहिले आएर यो सत्य सावित भएको छ। किरिनको अभाव भएपछि कम्पनी क्वालकमको स्न्यापड्रागन तिर ढल्किने निश्चितप्राय: छ।

ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएपछि कुनै पनि अमेरिकी कम्पनीलाई विना इजाजत ह्वावेसँग कारोबार गर्न मनाही गरियो। फलस्वरुप ह्वावेले पर्याप्त सङ्ख्यामा किरिन ९००० चिपसेट उत्पादन गर्न सकेन भने माैज्दातमा रहेका चिपसेट पर्याप्त भएनन्।

ह्वावेले फाइभजी प्रविधि प्रयोग गर्न नपाउने भएकाले क्वालकमका चिपसेट प्रयोग गर्दा पनि पी५० को बेस भेरियन्टमा स्न्यापड्रागन ८८८ को फोरजी भर्सन उपलब्ध हुन सक्ने बुझिको छ।

यो डिभाइस आगामी अगस्टको आधाआधीमा सार्वजनिक हुने आकलन गरिएको छ।

यसैगरी यसको प्रो मोडलमा भने मोज्दातमा रहेका किरिन ९००० चिपसेट नै प्रयोग हुनेछन्। तर आगामी डिसेम्बर सम्ममा किरिन ९०० को माैज्दात सकिने र त्यसपछि भने कम्पनीसँग स्न्यापड्रागनमा भर पर्नुको विकल्प नहुने विज्ञहरुको भनाइ छ।

प्रकाशित: ३१ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Auto expands EV portfolio in Nepal with Chetak C2501 and C3503 launches

  • Technology Khabar
  • ३१ असार २०७८, बिहीबार
Desktop Popup ImageMobile Popup Image×