
काठमाडौं ।
सामसङले हालै आफ्नो त्रैमासिक आम्दानी विवरणको मोटामोटी तथ्याङक सार्वजनिक गरेको छ। यस अनुसार दक्षिण कोरियाली कम्पनीको यस वर्षको दोस्रो त्रैमास अर्थात् अप्रिलदेखि जुनसम्मको नाफा निकै लोभलाग्दो देखिएको छ।
यो अवधिमा कम्पनीको वार्षिक आधारको बिक्री १८ प्रतिशतले बढेको छ भने नाफा पनि त्यसैअनुरुप बढेको छ।

कम्पनीको कमाइको पूर्ण विवरण यसै महिनाको अन्त्यसम्ममा आउने अपेक्षा गरिएको छ। सामसङले कोरोना महामारीले बजारलाई उकासेकाले आम्दानीमा पनि उल्लेख्य बढोत्तरी भएको प्रस्ट पारिसकेको छ।
कम्पनीले पहिलो त्रैमासमा मोबाइल बजारको वृद्धि ग्यालेक्सी एस२१ सिरिजको बिक्रीबाट भाएकोले दोस्रो त्रैमासमा पनि यस्तै प्रकारको नतिजा आउनसक्ने अपेक्षा गरेको छ।
तर चिपसेट उत्पादन रोकिँदा यो वर्ष ग्यालेक्सी नोटको उत्पादन रद्द गर्नुपरेको तथा ग्यालेक्सी एस२१ एफई स्मार्टफोनको शिपमेन्टमा भएको ढलाइका कारण घाटा सहनुपरेको सामसङले मोबाइल बिक्री र त्यसमार्फततको नाफामा उल्लेख्य वृद्धि गर्ने आकलन गरिएको छ।
प्रकाशित: २३ असार २०७८, बुधबार