
काठमाडौं ।
पृथ्वीको तस्बिर खिच्ने करिब २०० जति स्याटेलाइट नेटवर्क भएको कम्पनी प्लानेटले डीएमवाई टेक्नोलोजी ग्रुप आईभी नामक विशेष उद्देश्य प्रेरित स्वामित्व ग्रहण कम्पनीसँगको मर्जर गरेर सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ।
उक्त मर्जर २ अर्ब असी करोड डलरमा भएको र यसबाट प्लानेटले ५४ करोड ५० लाख डलर नगद नै पाउने सम्झाैता भएको छ।
त्यो रकममध्ये ३४ करोड ५० लाख डलर पलानेटको तर्फबाट तथा बाँकी २० करोड डलर ब्ल्याक-रक, कोच स्ट्राटेजिक प्लेटफर्म, मार्क बेनओफको टाइम भेन्चर तथा गुगलबाट आउने निजी लगानी तथा सार्वजनिक शेयरमार्फत आउनेछ।
मंगलबार मर्जरमा गएको स्याटेलोजिकपछि प्लानेट यो हप्ता सार्वजनिक बजारमा आउन एसपीएसीको सहारा लिने दोस्रो कम्पनी बनेको छ। यी दुवैले पृथ्वीको अवलोकन गर्छन्।
सन् २०१० मा स्थापना भएको प्लानेटले हालसम्म ३७ करोड ४० लाख डलर कमाइसकेको छ भने यसले पृथ्वीको तस्बिर खिच्ने हालसम्मकै सबैभन्दा ठूलो स्याटेलाइट समूह सञ्चालन गर्दछ।
प्रकाशित: २३ असार २०७८, बुधबार