निन्टेन्डोद्वारा ओएलईडी डिस्प्ले युक्त स्विचको घोषणा

  • Technology Khabar | २३ असार २०७८, बुधबार
निन्टेन्डोद्वारा ओएलईडी डिस्प्ले युक्त स्विचको घोषणा

काठमाडौं ।

जापानको बहुराष्ट्रिय कन्जुमर इलेक्ट्रोनिक्स तथा भिडयो गेम कम्पनी निन्टेन्डोले ओएलईडी डिस्प्लेयुक्त स्विचको घोषणा गरेको छ।

स्विचको यो नयाँ भेरियन्टलाई निन्टेन्डो स्विच ओएलईडी मोडल नाम दिइएको छ भने यसमा पहिलेभन्दा अपडेटेड डिस्प्ले, बढी स्टोरेज, सुधारिएको स्पीकर तथा अझ राम्रो डिजाइन रहने बुझिएको छ।

यसका मुख्य फिचरमा ७ इन्चको ओएलईडी डिस्प्ले रहनेछ जुन यसअघिका भर्सनको ६.२ आईपीएस एलसीडीको राम्रो अपडेट हो। यो डिस्प्लेको रेजोल्युशन भने पहिले झैं १२८०x७२० पिक्सेलको रहने बताइएको छ।

यो ओएलईडी मोडलमा पछाडिपट्टि किकस्ट्यान्ड पनि दिइएको छ। स्ट्यान्डर्ड मोडलमा रहेको सानो स्ट्रिपको सट्टा ओएलईडी मोडलमा थुप्रै पोजिशनमा मिलाउन मिल्ने चाैंडा फ्ल्याप उपलब्ध गराइनेछ।

यसको अडियो पनि पहिलेका स्ट्यान्डर्ड मोडलभन्दा सुधारिएको छ। ओएलईडी मोडलसँगै आउने डकमा इन्टिग्रेटेड ल्यान पोर्ट दिइएको छ। भित्री फिचरहरुमा भने खासै परिवर्तन गरिएको छैन। आन्तरिक स्टोरेज ३२ बाट ४६ जीबी पुर्याइएको छ। यसमा पनि पहिले झैं एनभिडिया टेग्रा एक्स१ चिपसेट रहेको छ।

ओएलईडी भर्सनको निन्टेन्डो स्विचको ३५० डलर मूल्य पर्ने र यो आगामी अक्टवबर ८ बाट उपलब्ध हुने बताइएको छ। यो स्ट्यान्डर्ड निओन रेड वा निओन ब्लू का साथमा सेतो रंगमा उपलब्ध हुनेछ।

यसलाई स्ट्यान्डर्ड स्विच र स्विच लाइटसँगै बिक्री हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार