अभास्टको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक, भारतमा मात्रै २ लाखभन्दा बढी स्क्याम हमला रोकेको दावी

  • Technology Khabar | २२ असार २०७८, मंगलवार
अभास्टको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक, भारतमा मात्रै २ लाखभन्दा बढी स्क्याम हमला रोकेको दावी

काठमाडौं ।

साइबर सेक्युरिटी कम्पनी अभास्टले यस वर्षको पहिलो त्रैमासिककको तथ्याङ्क सार्वजनिक गरेको छ।

रिपोर्टमा २०२१ को पहिलो त्रैमास अर्थात् जनवरीदेखि मार्चभित्र आफ्नो एन्टीभाइरस सोलुशनले २ लाखभन्दा बढी स्क्याम हमला रोकेको कम्पनीले जनाएको छ।

कम्पनीले ह्याकरहरुले विशेषगरी कमजोर सुरक्षा व्यवस्था भएका यूजरहरुलाई लक्षित गर्ने गरेको पाइएको पनि तथ्याङ्कमा उल्लेख गरेको छ।

टेक सपोर्ट स्क्याममा ह्याकरहरुले कुनै एउटा कम्प्यूटर, डिभाइस वा सफ्टवेयर ठीक गर्ने बहानामा यूजर्समाथि स्क्याम हमला गर्ने गरेको पनि कम्पनीले बताएको छ।

रिपोर्ट अनुसार ह्याकरहरुले एकपटक यूजरको सिस्टममा पुगेपछि त्यसमा मालवेयर इन्स्टल गरेर उक्त सिस्टम तथा डाटामा पहुँच पुर्याउने गरेका थिए।

ह्याकरको लक्ष्य कमजोर यूजरमाथि
अभास्टका सीनियर मालवेयर विशेषज्ञ एलेक्सेज सावसीनले यसबारेमा भनेका छन्, “टेक सपोर्ट फ्रड अब सामान्य कुरा भइसक्यो। ह्याकरहरु सबैभन्दा कमजोर यूजर्सलाई लक्षित गर्दछन् र फिराैतीसम्म माग्ने गर्दछन्।

सामान्य अवस्थामा फोन कल वा वेबसाइटका माध्यमबाट कुनै पनि वैध प्रविधि कम्पनीले ग्राहकलाई सम्पनर्क गरेर समस्या ठीक गरिदिन्छाैं भन्दैन।

यदि यस्तो कल वा अफर आएमा शंका गर्नुपर्ने अभास्टको सुझाव छ। यस्ता नचिनेका व्यक्तिहरुलाई आफ्नो डिभाइसको पहुँच वा व्यक्तिगत विवरण दिन नहुने उसले सुझाएको छ।

विश्लेषकहरुका अनुसार ह्याकरहरुले एक पटक तपाईँको डिभाइसमा रिमोट कनेक्शन गर्नका लागि विभिन्न तरिकाले फोन वा च्याटका माध्यमबाट यूजरलाई फकाउने कोशिस गर्छन्। कहिलेकाही उनीहरुले यूजरलाई थाहै नदिइ रिमोट म्यानेजमेन्ट सफ्टवयरसमेत डाउनलोड गरिदिन्छन्।

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...