२०२२ मा बेचिने स्मार्टफोनको लगभग ५० प्रतिशतमा ओएलईडी डिस्प्ले रहने

  • Technology Khabar | ११ असार २०७८, शुक्रबार

काठमाडौं ।

सन् २०२२ मा बिक्री हुनेमध्ये लगभग ५० प्रतिशतमा ओएलईडी डिस्प्ले रहने एक रिपोर्टमा प्रक्षेपण गरिएको छ।

यसले स्मार्टफोन बजारमा ओएलईडी डिस्प्लेको माग कसरी चुलिँदै गइरहेको छ भन्ने पुष्टि गर्दछ।

ट्रेन्डफोर्सको एङ्क रिपोर्ट अनुसार यो वर्ष बेचिएकामध्ये ३९.८ प्रतिशत स्मार्टफोनमा ओएलईडी रहेका थिए। यसैबीच आउँदो वर्ष बेचिनेमध्ये ४५ प्रतिशत फोनमा यो डिस्प्ले रहने प्रक्षेपण गरिएको हो।

अनुसन्धान विश्लेषणमा आधारित उक्त संस्थाले एप्पल, सामसङजस्ता मुख्य स्मार्टफोन निर्माताहरुले एमोलेड र ओएलईडी प्रविधिलाई बृहत् रुपमा प्रयोग गर्नु ओएलईडी बजार वृद्धिको मुख्य कारक भएको पनि जनाएको छ।

यद्यपि, ओएलईडीको डिस्प्ले ड्राइभर आईसीको आपूर्ति तत्कालका लागि बजारको उच्च माग धान्न भने नसक्ने अवस्थामा पुगेको बुझिएको छ।

रिपोर्टमा यी चिपसेटहरु अन्य चिपभन्दा ठूला हुने भएकाले चिप बनाउने वेफरमा कम सङ्ख्यामा मात्र उत्पादन हुने पनि जानकारी दिइएको छ। प्राय डिस्प्ले ड्राइभरहरुले आईसीका लागि ४० वा २८ एनएम प्रोसेस अपनाउँछन्।

हालसम्म टीएसएमसी, सामसङ इलेक्ट्रोनिक्स, यूएमसी तथा ग्लोबलफाउन्ड्रीजस्ता थोरै फाउन्ड्रीले मात्रै ओएलईडीका लागि डिस्प्ले ड्राइभर आईसी उत्पादन गर्दछन्।

प्रकाशित: ११ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार