एप्पल आईफोन १३ सुन्तला रंगमा पनि आउने

  • Technology Khabar | २५ जेष्ठ २०७८, मंगलवार
एप्पल आईफोन १३ सुन्तला रंगमा पनि आउने

काठमाडौं ।

एप्पलले प्रत्येक वर्ष आईफोनमा नयाँ नयाँ रंग थप्दै आइरहेको छ। गत वर्ष कम्पनलीले नीलो तथा त्योभन्दा अघिल्लो वर्ष हरियो रंगमा आईफोन निकालेको थियो।

यसै सिलसिलामा एक रेन्डरले बाहिर ल्याएको जानकारी र तस्बिर अनुसार यस वर्ष एप्पलले सुन्तला रंग थप्ने बुझिएको छ।

एप्पलले रंगहरुलाई विशेष गरी दुई भागमा बाँड्ने गर्छ। आईफोन १२ प्रो र प्रो म्याक्समा रहेको प्यासिफिक ब्लु रंग आईफोन १२ तथा १२ मिनिको भन्दा केही फरक थियो। यही प्रक्रिया आईफोन ११ मा पनि रहेको थियो।

यसले आईफोन ११ मा कुनैमा मिडनाइट ग्रीन तथा अरुमा सामान्य हरियो रंग दिएको थियो। यसबाहेक म्याट र ग्लसी डिजाइनमा पनि रंगहरुको गाढा र फिक्कापना फरक फरक राखिएको हुन्छ।

रेन्डर अनुसार भ्यानिला आईफोन १३ प्रो तथा १३ म्याक्समा रंग संयोजन अझ गाढा बनाइने भएको छ।

आईफोन १३ मिनी नीलो रंगमा तथा आईफोन १३ भने रातो रंगमा रहेको सम्भावित तस्बिरहरु पहिले नै देखिसकिएको छ। यसबाहेक यसमा सामान्य सेतो वा कालो/खैरो रंग पनि थपिन सक्ने आकलन गरिएको छ।

आईफोन १३ नयाँ रंग, सानो नच, हल्का ठूलो क्यामरा तथा लिडार प्रविधिबाहेक पुरानै डिजाइनमा आउने बुझिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • २५ जेष्ठ २०७८, मंगलवार