
काठमाडौं ।
फेसबुक र इन्स्टाग्राममा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाईएको प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले समर्थन गरेको छ।
तर बोर्डले फेसबुकको सामान्य दण्डहरूको दायरा बाहिर रहेको भन्दै यस प्रतिबन्धको स्थायी प्रकृतिको बारेमा भने आलोचना गर्यो । यसले फेसबुकलाई निर्णय समीक्षा गर्न र “समानुपातिक जवाफलाई जायज ठहर्याउने” आदेश दिएको छ जुन सामान्य प्रयोगकर्ताहरू सहित सबैलाई लागु हुन्छ।
बोर्डले फेसबुकलाई आगामी ६ महिनाभित्र सो बारेको निर्णय पुनर्विचार गर्न आदेश समेत दिएको छ ।
पूर्व राष्ट्रपतिलाई क्यापिटल हिल दंगा पछि जनवरीमा दुबै साइटहरुबाट प्रतिबन्धित गरिएको थियो। ओभरसाइट बोर्डले भन्यो, ‘ट्रम्पलाई स्थायी रूपमा निलम्बन गर्ने प्रारम्भिक निर्णय “अनिश्चित र मानकविहीन” हो, र सहि प्रतिक्रिया “यसको प्लेटफर्मका अन्य प्रयोगकर्ताहरूमा लागू हुने नियमहरू अनुरूप हुनुपर्दछ।’
पत्रकार सम्मेलनमा ओभरसाइट बोर्डका सह-अध्यक्ष हेले थोर्निंग-श्मिटले स्वीकारे, ‘हामीसँग कुनै सजिलो जवाफ थिएन।’ बोर्डले गत महिना आफ्नो निर्णय घोषणा गर्ने थियो तर यस मामलामा ९ हजार भन्दा बढी सार्वजनिक प्रतिक्रिया समीक्षा गर्न आदेशमा ढिलाइ भएको बताईएको थियो ।
यस निर्णयको अर्थ ट्रम्पको निलम्बन अहिलेको लागि ठीक ठाउँमा छ भन्ने हो । ओभरसाइट बोर्डले निर्णय गरेअनुसार ट्रम्पले फेसबुकको सामुदायिक मापदण्ड तोडेको थियो, र प्रतिबन्धलाई समर्थन गर्यो। तर यो प्रतिबन्धलाई अनिश्चितकालिन बनाउनु पनि ठिक नभएको बोर्डको भनाई छ ।
“फेसबुकलाई कुनै अपरिभाषित र अनिश्चित अवधिको लागि प्रयोगकर्तालाई प्लेटफर्मबाट टाढा राख्न अनुमति छैन, कहिले एकाउन्ट पुनर्स्थापना हुनेछ भन्ने कुनै मापदण्ड नभएको देखिन्छ,” यसले एक विज्ञप्तिमा भन्यो।
मंगलबार मात्रै ट्रम्पले आफ्नै वेबसाइट लन्च गरेका थिए ।
यो पनि हेर्नुस्-
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याए आफ्नै वेबसाइट
प्रकाशित: २२ बैशाख २०७८, बुधबार