गुगलको कार्यालयमा उत्पीडन, ५०० कर्मचारीले सीईओ सुन्दर पिचाइलाई लेखे पत्र

  • Technology Khabar | २९ चैत्र २०७७, आईतवार
गुगलको कार्यालयमा उत्पीडन, ५०० कर्मचारीले सीईओ सुन्दर पिचाइलाई लेखे पत्र

काठमाडौं ।

टेक कम्पनी गुगल र अल्फावेट इंकका सीईओ सुन्दर पिचाईलाई कम्पनीका ५०० कर्मचारीले चिठी लेखेर गुगल कार्यालयमा भइरहेको उत्पीडनको बारेमा गुनासो गरेका छन् ।

उनीहरुले पत्रमा उत्पीडन गर्नेहरूलाई संरक्षण प्रदान नगर्न र श्रमिकलाई शान्तिपूर्णरुपमा काम गर्ने वातावरण दिन अनुरोध गरेका छन्।

वास्तवमा, पहिले गुगलमा इन्जिनियरको रूपमा काम गरेकी एमी नीटफिल्डले द न्यु योर्क टाइम्स मा लेखिएको उनको ओपिनियन पीसमा उनलाई त्यस व्यक्तिसँग एक पछि अर्को मिटिङ्ग गर्न बाध्य बनाईएको थियो जसले उनलाई सताउँथे। एमीको सो विचारपछि मामला तातेको हो।

एमीले आफ्नो रायमा लेख्छिन् ‘मलाई सताउने मान्छे अझै पनि मसँग बस्छ। मेरो प्रबन्धकले मलाई भने कि एचआरले उस्को डेस्क परिवर्तन गर्दैन भनेर भन्ने कुरा गर्दै उनलाई या त घरबाट काम गर वा छुट्टीमा जानु भने।’

यद्यपि यस बारे गुगलले हालसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन र यस सम्पूर्ण मामलामा कुनै स्पष्टीकरण दिइएको छैन।

सुन्दर पिचाईलाई लेखेको एक पत्रमा कर्मचारीले भनेका छन्, – ‘अल्फावेटका २०,००० भन्दा बढी कर्मचारीले उत्पीडनको बिरूद्ध विरोध गरेको र उत्पीडित भएका व्यक्तिलाई सुरक्षा दिए पनि अल्फावेटमा कुनै परिवर्तन भएन्, यसले गुगलको नियमहरुलाई पालना गर्न असमर्थ भयो । उत्पीडनको बारेमा गुनासो गर्ने व्यक्तिलाई बोझ सहन बाध्य बनाईएको छ। त्यसपछि उत्पीडित मान्छेले अफिस छाडिदिन्छ, तर दोषी भने त्यहिँ रहन्छ वा उसलाई उसको कार्यको लागि पुरस्कृत गरिन्छ।’

अल्फावेटका मजदुरहरूले यो पनि लेखे कि अल्फावेटको कर्मचारी यस्तो माहौलमा काम गर्न चाहन्छन्, जहाँ उत्पीडितहरुबाट मुक्त होस्। कम्पनीले पीडितको चिन्तालाई प्राथमिकता दिँदै उनीहरूको कामदारहरूको सुरक्षाको ख्याल राख्नु पर्छ। एजेन्सीका साथ

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell partners with BYD Nepal to bring connected vehicle experience through IoT SIM

  • Technology Khabar
  • २९ चैत्र २०७७, आईतवार