चिप अभावका कारण जीप कम्पास र निओको इलेक्ट्रिक गाडी उत्पादन रोकिने

  • Technology Khabar | १४ चैत्र २०७७, शनिबार
चिप अभावका कारण जीप कम्पास र निओको इलेक्ट्रिक गाडी उत्पादन रोकिने

काठमाडौं ।

स्टेलान्टिस एनभी र चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता निओ विश्वव्यापी अर्धचालक चिप अभावको परिणाम स्वरूप नयाँ उत्पादन कटौती घोषणा गर्ने पछिल्ला कार निर्माताहरु बनेका छन्।

स्टेलान्टिसले शुक्रबार अर्को हप्तामा पाँचवटा उत्तरी अमेरिकी प्लान्टमा उत्पादन रोकिने बताएको छ। विश्वव्यापी माइक्रोचिपको अभावका कारण क्यानाडामा भएका दुईवटा संयन्त्र, एउटा मेक्सिकोमा र दुई अमेरिकामा भएका प्लान्टका उत्पादन रोकिनेछ । यो अर्को हप्तादेखि हुने र अप्रिलको मध्यसम्म काम बन्द हुनेछ।

प्रभावित स्थानहरुमध्ये कम्पनीको टोलुका, मेक्सिको फ्यासिलिटी महत्वपूर्ण हो, जहाँ यसले जीप कम्पास उत्पादन गर्दछ । त्यस्तै ओन्टारियोमा विन्डसर एसेम्बली जहाँ यसले क्राइस्लर प्यासिफिया मिनिभ्यान बनाउँदछ र इलिनोइसमा भएको प्लान्टमा जीप चेरोकी एसयूभी बनाउँदछ । त्यसबाहेकका अन्य प्लान्टहरुमा पनि विभिन्न उत्पादन गर्द५ ।

स्टेलान्टिसले शटडाउन कति दिन रहनेछ भनेर तोकेको छैन, तर विन्डसरका स्थानीय युनियनकाअनुसार मिनीभ्यान प्लान्टमा सोमबारदेखि चार हप्तासम्म उत्पादन रोकिनेछ।

निसान मोटर कम्पनीले शुक्रवार अप्रिल १ देखि यसको स्मर्ना भेहिकल र क्यान्टन सवारी प्लान्टमा र मेक्सिको अगागुसालिएन्ट्स प्लान्टमा दुई दिन उत्पादन रोक्ने जनाएको छ। सामान्य उत्पादन अप्रिल ६ देखि पुनः सुरू हुनेछ।

टेस्लाको मुख्य प्रतिस्पर्धी निओ, जसले चीनको विद्युतीय सवारी साधन बजारमा प्रभुत्व जमाउँछ, उसले आफ्नो हेफेइ प्लान्टमा ५ कार्य दिन रोक्न सक्ने छ र पहिलो क्वाटरमा पूर्वानुमान गरिएको डेलिभरी १,००० गाडीसम्म घटाउने छ।

यसअघि नै फोर्ड, होण्डा, जनरल मोटर्स, फक्सवागनलगायत अटो मेकरले  आफ्नो उत्पादन कटौती गर्ने घोषणा गरिसकेका छन् ।

सेमिकण्डक्टर चिप अभावले विश्व अटो बजारमा निकै ठूलो असर पारेको छ ।

प्रकाशित: १४ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १४ चैत्र २०७७, शनिबार