इन्स्टाग्राम लाइभ रुममा नयाँ सुविधा, अब एकैपटक चारजनाले लाइभ गर्न सक्ने

  • Technology Khabar | १९ फाल्गुन २०७७, बुधबार
इन्स्टाग्राम लाइभ रुममा नयाँ सुविधा, अब एकैपटक चारजनाले लाइभ गर्न सक्ने

काठमाडौं ।

इन्स्टाग्रामले हालै चार जनाले भर्चुअल रुममार्फत चार जनासम्मले एकैपटक लाइभ गर्नसक्ने लाइभ रुम नामक फिचर सार्वजनिक गरेको छ।

इन्स्टाग्रामका अनुसार यस फिचरले ४ जना सहभागीलाई रियल टाइममा लाइभ गर्न सक्ने र अरु यूजरहरुले उक्त लाइभ रियल टाइममा हेर्न सक्ने छन्।

कम्पनीले एउटा ब्लगमा लेखेको छ, ‘पहिले एक जनासँग मात्र लाइभ जान सकिन्थ्यो, तर हामी त्यसलाई अब दोब्बर बनाउँदैछौं।’

‘लाइभको सुविधा दोब्बर पारेपछि तपाईँहरुलाई टक शो, ज्याम सेसन होस्टिङ, अन्य कलाकारसँग सहकार्य गर्ने, प्रश्नोत्तर सेसन, ट्युटोरियल चलाउने तथा साथीसँगीसँग रमाइलो गर्ने जस्ता अन्य सिर्जनात्मक क्रियाकलपाहरु गर्न सहयोग पुग्नेछ भन्नेमा हामी आशावादी छै’, कम्पनीले लेखेको छ।

क्लबहाउस तथा ट्विच जस्ता एपले चर्चा पाइरहेका बेला इन्स्टाग्रामले यो सुविधा थप्नुलाई सकारात्मक मान्न सकिन्छ।

अघिल्लो वर्ष इन्स्टाग्रामको लाइभस्ट्रिममा कोभिड १९  का बारेमा सम्बन्धित अधिकारीहरुको छलफल, सेलिब्रिटी अन्तरवार्ता, र्याप ब्याटल, संगीतका कक्षा तथा व्यायाम आदि चर्चित थिए।

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

AED installed at Bishal Bazar to strengthen community emergency response

  • Technology Khabar
  • १९ फाल्गुन २०७७, बुधबार