सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

  • Technology Khabar | ७ फाल्गुन २०७७, शुक्रबार
सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

काठमाडौं ।

सिद्धार्थ बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ।

बैंकले शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिन बहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा शम्भु नाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुन् ।

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

बैंकले गामी दिनहरुमा क्युआर कोड चलाउने होटल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिँदै जाने योजना रहेको जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

YADEA Nepal unveils the all-new GS70, GT70 and GT80

  • Technology Khabar
  • ७ फाल्गुन २०७७, शुक्रबार