Technology Khabar ९ मंसिर २०७७, मंगलवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मे वार, जवाफदेही र पारदर्शी बनाउन सूचना प्रविधिको द्रूत विकास आवश्यक रहेको बताएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड दिँदै सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट देशभर पुर्याइने प्रतिबद्धता व्यक्त गरे ।
उनले गैर सरकारी संस्था महासङ्घ नेपालद्वारा सोमबार राजधानीमा आयोजित श्रव्य/दृश्य छलफल । ‘खुला सरकारः नागरिक साझेदारी’ कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले नागरिक साझेदारी माध्यमबाट स्थानीय तहमा एकीकृत मोबाइल एप सञ्चालनको कामलाई अगाडि बढाएको बताए ।
उनले भने, “सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाइल एप सञ्चालनको काम भइरहेको छ ।”
उनले भने, “प्रविधिको प्रयोगले सेवामा नागरिक पहुँच स्थापित गर्नुका साथै सेवालाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउने छ । यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्नेछ। आजको गोरखापत्रबाट
प्रकाशित: ९ मंसिर २०७७, मंगलवार