एप्पलले एप स्टोरको कमिशन १५ प्रतिशतसम्म घटाउने, आगामी जनवरी १ देखि लागू हुने

  • Technology Khabar | ८ मंसिर २०७७, सोमबार
एप्पलले एप स्टोरको कमिशन १५ प्रतिशतसम्म घटाउने, आगामी जनवरी १ देखि लागू हुने

काठमाडौं ।

टेक कम्पनी एप्पलले आफ्नो नयाँ विकासकर्ता कार्यक्रम अन्तर्गत एप स्टोरको कमिशनलाई १५ प्रतिशत घटाउने निर्णय गरेको छ।

एप्पलले बुधबार भनेको छ कि यसले आफ्नो एप स्टोरको कमिशनलाई १ जनवरी देखि १५ प्रतिशतसम्म कम गर्नेछ।

कम्पनीका अनुसार यसबाट धेरै जसो डेभलपरहरुलाई फाइदा हुन्छ। यद्यपि कति विकासकर्ताहरू कम्पनीको यो नयाँ योजनाको दायरा भित्र आउनेछन, यस बारे अझसम्म केही स्पष्ट गरिएको छैन।

एप्पलको यो नयाँ पहल सानो व्यापार कार्यक्रमको रूपमा परिचित हुनेछ। कम्पनीको भनाईअनुसार नयाँ नियम ती विकासकर्तालाई लागु हुन्छ जसले एपबाट वार्षिक करिब ९ करोड रुपैयाँ कमाउँछन्।

सेन्सर टावरको रिपोर्टका अनुसार २०२० को पहिलो त्रैमासमा कम्पनीले एप्पल एप स्टोरबाट २, ८२,२२८ करोड रूपैयाँ आर्जन गरेको छ । यो एप खरीद, सदस्यता र सशुल्क एप र गेम्सबाट कमाइएको छ। २०१९ को सोहि अवधिको तुलनामा यो २७ प्रतिशत बढी हो।

नयाँ नियम कुन कुन देशका डेभलपरहरुको लागि उपलब्ध हुन्छ र कस्तो प्रकृयामा हुन्छ भन्ने कुनै जानकारी छैन् । एजेन्सी

प्रकाशित: ८ मंसिर २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Indonesia tightens rules for foreign satellite services

  • Technology Khabar
  • ८ मंसिर २०७७, सोमबार