शाओमीले चाँडै रेडमी के३० स्मार्टफोनको १२ जीबी र्याम र ५१२ स्टोरेज भेरिएन्ट ल्याउँदै

  • Technology Khabar | ५ कार्तिक २०७७, बुधबार
शाओमीले चाँडै रेडमी के३० स्मार्टफोनको १२ जीबी र्याम र ५१२ स्टोरेज भेरिएन्ट ल्याउँदै

काठमाडौं ।

चीनको स्मार्टफोन कम्पनी शाओमीले चाँडै रेडमी ब्राण्डमा नयाँ के थर्टी (K30) स्मार्टफोनलाई ल्याउन लागेको छ। शाओमीले हालसालै चीनको नियामक एजेन्सी टेनामा यस स्मार्टफोनको प्रदर्शन गरेको छ। त्यसपछि नयाँ के थर्टी फोनका केहि फिचरहरु बाहिर आएका छन्।

यस अघि शाओमीले रेडमी के३० स्मार्टफोन डिसेम्बर २०१९ मा ८ जीबी र्याम र १२८ स्टोरेजका साथ लन्च गरेको थियो । जसको बिक्री उल्लेख्य रहेको थियो ।

शाओमी के ३० ले स्मार्टफोनलाई बजारमा ६, ८ र १२ जीबी र्यामको साथ १२८, २५६ र ५१२ जीबी स्टोरेजमा ल्याउनेछ । यो उपकरणमा एक शक्तिशाली ५,०००एमएएच ब्याट्रीका साथसाथै स्मार्टफोनमा ६.६७ इन्चको एलसिडी डिस्प्ले फूल एचडी प्लस रिजोलुसनको साथ उपलब्ध गराइनेछ।

यसमा इन-स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि हुनेछ ।

रेडमीको के ३० स्मार्टफोन डुअल सिम सपोर्टका साथ एन्ड्रोइड १० ओएसमा आधारित एमआईयूआई ११ मा चल्नेछ। यस स्मार्टफोनले ५जी नेटवर्क सपोर्ट गर्नेछ।

तर यो फोनको क्यामरा फिचरको बारेमा भने हालसम्म कुनै पनि जानकारी आएको छैन् । एजेन्सी

प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ५ कार्तिक २०७७, बुधबार