अनलाइन गेम पबजी भारतीय बजारमा नयाँ तरीकाले आउने याेजनामा

  • Technology Khabar | २४ आश्विन २०७७, शनिबार
अनलाइन गेम पबजी भारतीय बजारमा नयाँ तरीकाले आउने याेजनामा

काठमाडौं ।

अनलाइन तथा माेबाइल गेम पबजीले भारतीय बजारमा प्रतिबन्ध भोगेसँगै पुन उपलब्ध हुने योजनाहरु गरिरहेको समाचारहरु आईरहेका छन् ।

केहि समयअघि भारतीय मोबाइल अपरेटर रिलायन्स जियोसँगको सहकार्यमा पबजीलाई लन्च गर्ने तयारी गरिएको समाचारहरु आएका थिए ।

जसमा कोरियन कम्पनीले चिनियाँ कम्पनीसँगको भारतीय बजारमा पब्लिसरको स्वामित्व फिर्ता लिएसँगै कुराकानी भईरहेको जानकारी थियो ।

तर अब भने भारतीय मिडियाहरुमा नयाँ रिपोर्टहरु आएका छन् । जसअनुसार भारतीय बजारमा पबजीले अर्को टेलिकम अपरेटर एयरटेलसँग कुराकानी गरिरहेको छ । जसअनुसार पबजीले एयरटेलसँगको सहकार्यमा पबजी गेम उपलब्ध गराउनेछ ।

यसका साथै कम्पनीले भारतीय बजारको नेतृत्वको लागि नयाँ नियुक्तको प्रकृया समेत शुरु गरेको बताईएको छ । जसको लागि हाल छनौट भईरहेको रिपोर्टहरुमा उल्लेख छ ।

तर यस बारेमा पबजीको पब्लिसर कम्पनी र एयरटेलले केहि जानकारी दिएका छैनन् । एजेन्सी

प्रकाशित: २४ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...