बैंक अफ काठमाडौं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

  • Technology Khabar | ५ आश्विन २०७७, सोमबार
बैंक अफ काठमाडौं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बिच हस्ताक्षर गरे।

सम्झौतापछि बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नुहुनेछ। साथै ग्राहक महानुभावहरुले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु प्रयोग गर्न सक्नुहुनेछ ।

यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुबिधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यस बैंकबाट प्रबाह गरिँदै आईरहेको सेवा तथा सुबिधाहरुमा व्यावसायिक फाईदाहरु भन्दा ग्राहक महानुभावहरुको जिवन सहजतालाई केन्द्रबिन्दुमा राखिएको छ र भबिष्यमा पनि यस्ता ग्राहक केन्द्रित सेवाहरु प्राथमिकतामा रहने समेत बिश्वास बैंकले लिएको छ।

खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ५ आश्विन २०७७, सोमबार