आर्थिक समाचार

बजाजको चाडपर्व अफर–“रोजेरै खुसी”

बजाजको चाडपर्व अफर–“रोजेरै खुसी”
Global IME Bank

दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “खुसी खोज्ने होइन रोज्ने” भन्ने नारा सहित “रोजेरै खुसी” योजना सार्वजनिक गरेको छ।

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । र, कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाझ खुसी बाँड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ।

रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर-रु.१०,००० को नगद छुट पाउन, अथवा ५० प्रतिशतडाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनाको शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”

Sajilo Visa
easy care