भीभोको नयाँ ट्रू वायरलेस ईयरफोन्स भीभो टिडब्लूएस नियो आउँदै

Technology Khabar १० जेष्ठ २०७७, शनिबार

काठमाडौं ।

पछिल्लो समयमा विश्वभर ट्रू वायरलेस ईयरफोन्सको माग बजारमा बढिरहेको छ । विभिन्न कम्पनीहरुले ट्रू वायरलेस ईयरफोन्स(टिडब्लूएस) बजारमा ल्याईरहेका छन् । अझ अहिले त हरेक कम्पनीहरुका लागि टिडब्लूएस ल्याउनु आवश्यकता जस्तै भईरहेको छ ।

यो वर्षमात्रै कयौं कम्पनीहरुले नयाँ टिडब्लूएस ल्याएका छन् भने आगामी दिनमा अझै नयाँ कम्पनीहरु यसमा लागिरहेका छन् ।

यहि बेलामा चिनियाँ स्मार्टफोन मेकर भीभोले पनि आफ्नै टिडब्लूएस लन्च गर्ने भएको छ । कम्पनीले सूपथ मूल्यमा नयाँ टिडब्लूएस लन्च गर्ने अनुमान गरिएको छ जसलाई भीभो टिडब्लूएस नियो भनेर चिनिनेछ ।

भीभोको यो टिडब्लूएस ईयरफोन्स नयाँ स्मार्टफोन भीभो एक्स५० सिरिजका साथमा आधिकारीकरुपमा आउनेछ।

कम्पनीले आफ्नो नयाँ टिडब्लूएसको बारेमा नयाँ टिजर भिडियो जारी गरेको छ । यो नयाँ टिडब्लूएस ह्वाईट र डार्क ब्लू कलर अप्सनमा आउनेछ भने यो पुरानो टिडब्लूएस प्रोसेसर जस्तै हुने अनुमान गरिएको छ ।

नयाँ टिडब्लूएस करिब १२६ अमेरिकी डलरमा लन्च हुने अपेक्षा गरिएको छ ।

यसमा क्वालकम ब्लूटूथ चीप क्यूसिसि५१२६ हुनेछ भने ब्लूटूथ ५.० भर्सन, ड्यूल माइक्रोफोनका साथ एक्टिभ सिभिसी सपोर्ट, टच भोल्यूम कन्ट्रोललगायतका फीचर हुनेछ । एजेन्सी

प्रकाशित: १० जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया