शिक्षा मन्त्रालयले भन्यो- अनलाइन कक्षाको नाममा कुनै शुल्क लिन पाईँदैन्

  • Technology Khabar | २२ बैशाख २०७७, सोमबार
शिक्षा मन्त्रालयले भन्यो- अनलाइन कक्षाको नाममा कुनै शुल्क लिन पाईँदैन्

काठमाडौं ।

शिक्षा मन्त्रालयले अनलाइन कक्षाको नाममा कुनै शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले हालै सार्वजनिक सूचना जारी गर्दै अनलाइनको नाममा कुनै शुल्क नलिन भनेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाअनुसार अर्को निर्णय नभएसम्म कुनैपनि विद्यालयले कुनैपनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु नगराउन भनेको छ भने भर्नाको नाममा कुनै किसिमको शुल्क लिन नपाईने उल्लेख गरेको छ ।

त्यसैगरि –’अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गराउन लगाउने जस्ता कार्यहरु नगर्नु, नगराउनु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

यसअघिदेखि नै विद्यालयहरु, कलेजहरु तथा विश्वविद्यालयहरुले अनलाइन कक्षा संचालन शुरु गरिसकेका छन भने केहिले गर्ने तयारी गरिरहेका छन् ।

त्यसैगरि विद्यालयहरु, कलेजहरु पछिल्लो दिनमा अनलाइन कक्षाको नाममा शुल्क लिने र विद्यार्थी भर्ना गर्ने लगायतका कार्यहरु गर्दै आएका थिए ।

प्रकाशित: २२ बैशाख २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २२ बैशाख २०७७, सोमबार