पोखरा महानगरपालिकाले भन्यो- हाल संचालनमा रहेका अनलाइन कक्षाहरु तुरुन्त बन्द गर्नु

  • Technology Khabar | १९ बैशाख २०७७, शुक्रबार
पोखरा महानगरपालिकाले भन्यो- हाल संचालनमा रहेका अनलाइन कक्षाहरु तुरुन्त बन्द गर्नु

काठमाडौं ।

पोखरा महानगरपालिकाले अनुमति बिना अनलाइन कक्षाहरु संचालन नगर्न महानगरपालिका भित्रका सबै विद्यालयहरुलाई निर्देशन दिएको छ।

महानगरपालिकाअन्तरगत शैक्षिक प्रशासन महाशाखामा उजुरी गरेको भन्दै हाल संचालन गरिएका अनलाइन कक्षाहरु तत्काल बन्द गराउन निर्देशन समेत दिएको छ ।

महानगरपालिकाले संस्थागत विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेको र अनलाइन कक्षा संचालन गर्दा सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको भन्दै अनलाइन कक्षाहरु बन्द गराउन निर्देशन दिएको छ ।

यसका साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिना नै अनलाइ कक्षा संचालन गर्दा अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थीहरु तथा अभिभावकहरुलाई मानसिक दबाब पर्ने महानगरपालिकाले ठहर गरेको छ ।

सोहि आधारमा त्यस्ता कक्षाहरु बन्द गराउनुपर्ने भनी महानगरपालिकामा उजुरी दर्ता समेत भएको महाशाखाले जनाएको छ ।

प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • १९ बैशाख २०७७, शुक्रबार