नेपाल टेलिकमले भन्यो- डाटा प्याक आज राती ८:३० बजे अगाडि नै किन्नुस्

  • Technology Khabar | २१ फाल्गुन २०७६, बुधबार
नेपाल टेलिकमले भन्यो- डाटा प्याक आज राती ८:३० बजे अगाडि नै किन्नुस्

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले फागुन २१ गते बुधबार बेलुकादेखि आफ्नो फोरजी एलटिई सिस्टम अपग्रेड गर्ने जानकारी दिएको छ ।

कम्पनीले जरुरी सूचना प्रकाशित गर्दै ग्राहकहरुलाई प्रविधिमा आएको परिवर्तनअनुसार फोरजी एलटिईमा सेवा बिस्तार गरिरहेको र त्यसको लागि सिस्टम अपग्रेड फागुन २१ गते राती ८:३० बजेपछि गरिने जानकारी दिएको छ ।

टेलिकमले फागुन २१ गते रातीदेखि नै सिस्टम अपग्रेड हुने हुँदा बुधबार राती ८:३० बजेट भन्दा अगाडि नै डाटा प्याक खरीद गर्न आग्रह गरेको छ ।

कम्पनीले सो समयमा मोबाइल सेवा प्रयोगमा केही असुविधा समेत हुनसक्ने उल्लेख गरेको छ ।

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार