राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित आरबिबि इम्पावरमेन्ट एकेडेमी कार्यक्रमको दोश्रो चरण शुरु

  • Technology Khabar | १६ पुष २०७६, बुधबार
राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित आरबिबि इम्पावरमेन्ट एकेडेमी कार्यक्रमको दोश्रो चरण शुरु

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंके देशकै सरकारी बैंकले विशेष गरी युवावर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत एक समारोह बिच आरबिबि इम्पावरमेन्ट एकेडेमी (RBB Empowerment Academy) को दोश्रो चरणको कार्यक्रम प्रदेश नं १ को लागि शुरुवात गरेको छ ।

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्गलगायत सबैले लाभ लिन सक्नेछन् । एकेडेमीले २०७६ पौष १२ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा २०७६ पौष २५ देखि २७ गते सम्म विराटनगरमा संचालन गर्दैछ । प्रदेश नं. १ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरु (कुनै प्रकारको जबमा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ ।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले ५५ वर्षको गर्वीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृत्ति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग गर्ने उनले विश्वास ब्यक्त गरे ।

आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ ।

यो कार्यक्रम प्रदेश नं ३ मा संपन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेको बै‌ंकले जनाएको छ ।

प्रकाशित: १६ पुष २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...