काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्गमा पावरचाइना कम्पनीको लगानी

  • Technology Khabar | २१ भाद्र २०७५, बिहीबार
काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्गमा पावरचाइना कम्पनीको लगानी

काठमाडौं ।

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त मिति साउन ९ गते संयुक्त विकास सम्झौता सम्पन्न भएको छ ।

पावरचाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गरेको छ । साथै पावरचाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावरचाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरि सकेको छ । पुनरावलोकन पश्चात यस परियोजनामा सडकको कूल लम्वाई मध्ये ४४ प्रतिशत सुरुङ्ग तथा पुलले ओगट्ने कम्पनीले जानकारी दिएको छ ।

सन् २०१५ डिसेम्वरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावरचाइनासँग २०१७ मे मा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा इपीसी कन्ट्रयाक्टमा हस्ताक्षर गर्न सफल भएको थियो ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावरचाइना कम्पनीबीच भएको उक्त सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मंत्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरि सकेको छ । साथै यस परियोजनामा केन्द्रिय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको छ ।

यसै परिप्रेक्षमा निजि क्षेत्रद्धारा प्रवद्र्धित र सार्वजनिक निजी साझेदारी ९एएए० मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको भदौ १९ गते मंगलबार बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा भवन भट्टलाई कम्पनीको अध्यक्ष चयन गरेको छ । भट्ट गैर आवासीय नेपाली संघका अध्यक्ष समेत हुन । साथै बैठकले यहि पौष महिनामा यस कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २१ भाद्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार