आइफोन टेन नेपाली बजारमा उपलब्ध

  • Technology Khabar | १८ मंसिर २०७४, सोमबार
आइफोन टेन नेपाली बजारमा उपलब्ध

काठमाडौं ।

काठमाडौं, १८ मंसिर । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन टेन यहि मंसिर १५ गतेदेखि नेपालमा सार्वजनिक गरेको छ ।

आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।

यो फोन खरिद गर्नेमध्ये अर्ध बार्षिकमा एकजना भाग्यशाली बिजेताले लक्की ड्रमार्फत स्कूटर जित्न सक्नेछन । यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।

कम्पनीले आइफोन टेन आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) मा उपलब्ध रहेको र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न अनुरोध गरेको छ ।

आइफोन टेन खरिदकर्ताले एनसेलको प्रत्येक महिना २ जीबी डाटा ८ महिनासम्म उपयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित: १८ मंसिर २०७४, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १८ मंसिर २०७४, सोमबार