ओप्पो मोबाइलको भारतस्थित कारखाना बन्द, यस्तो छ कारण

  • Technology Khabar | २१ चैत्र २०७३, सोमबार
ओप्पो मोबाइलको भारतस्थित कारखाना बन्द, यस्तो छ कारण

काठमाडौं ।

काठमाडौं, २१ चैत । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोको मोबाइल एसेम्बल गर्ने कम्पनी बन्द भएको छ । ओप्पोको स्मार्टफोन उत्पादन गदै आएको भारतमा रहेको ओप्पो कम्पनी बिबादका बिच सोमबारसम्म बन्द भएको छ ।

भारतमा रहेको उक्त कम्पनीमा केहि समयअघिदेखि भारतको राष्ट्रिय झण्डालाई दुव्र्यवहार गरेको आरोपमा बिबाद चलिरहेकोमा कम्पनी सोमबारसम्म बन्द भएको हो । भारतीय झण्डा ‘तिरंगा’लाई अपमान गरेको भन्दै ओप्पो मोबाइल कम्पनीका कर्मचारीहरुले बिरोध गरिरहेका छन् ।

यो विषय गंभिर भएको भन्दै पुलिसले जाँच गरिरहेको छ । पुलिस उपाधीक्षकको नेतृत्वमा एक टिमले कम्पनीको सबै सीसीटिभी फुटेज जाँच गरिरहेको छ र आरोपित एक चीनियाँको बारेमा छानबिन गरिरहेको छ ।

कम्पनीमा रहेको सयभन्दा बढि सीसीटिभी क्यामराको जाँच भईरहेको छ । र क्यामरामा घट्ना भएको रात उक्त आरोपित व्यक्तिले कम्पनीको भित्र रहेको फोहोरमैलाको भाडोमा केहि हाल्दै गरेको देखिएको छ । तर त्यो वस्तु के हो भन्ने अझैस्पष्ट भएको छैन् ।

यसअघि नोएडामा रहेको ओप्पोको मोबाइल फोन बनाउने कम्पनीमा एक चीनियाँ अधिकारी शोहा हा हूले २७ मार्चको रात का मगर्ने टेबुलमा रहेको भारतीय झण्डा च्यातेर डस्टबीनमा फालेको आरोप लागेपछि कम्पनी हालसम्म बन्द छ ।

उक्त घट्नापछि कम्पनीका ३० भन्दा बढि कर्मचारीहरुले फ्याक्ट्रीको बाहिर नाराबाजी गरेका थिए । र उनीहरुले आरोपित चीनियाँ कर्मचारीलाई बिना कुनै ढिलाई पक्राउ गर्नुपर्ने माग गरेका थिए ।

उता कम्पनीले गत बुधवार आरोपित कर्मचारीलाई बर्खास्त गरेको बताएको छ ।

एजेन्सी

प्रकाशित: २१ चैत्र २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×