त्रिचन्द्र कलेजमा ‘आइसिटी इन स्किल्स एण्ड एजुकेसन’ विषयक अन्तर्क्रिया

  • Technology Khabar | १० बैशाख २०७३, शुक्रबार
त्रिचन्द्र कलेजमा ‘आइसिटी इन स्किल्स एण्ड एजुकेसन’ विषयक अन्तर्क्रिया

काठमाडौं ।

काठमाडौं, १० वैशाख । सूचना र सञ्चार प्रविधि समाज नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणको संयुक्त आयोजनामा ‘गल्र्स इन आईसीटी डे २०१६’ (Girls in ICT Day 2016) को अवसर परोर त्रिचन्द्र बहुमुखी क्याम्पस मा आईसिटी इन स्किल्स एण्ड एजुकेशन विषयक कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा त्रिचन्द्र क्याम्पसमा बिएस्सी बिज्ञान संकायमा पढ्ने झन्डै छात्राहरुको सहभागिता थियो।  कार्यक्रममा समाजका अध्यक्ष दामोदर पौडेलले जुनसुकै बिषय अध्यन गरेपनि बिद्ध्यार्थीले सूचना प्रविधिको उच्त्तम प्रयोग गरेर आफ्नो पढाईलाई सफल बनाउन सक्ने कुरा बताए । त्यसैगरी जसले पनि सूचना प्रविधि क्षेत्रमा आफ्नो अवसर कुनैपनि बेला अगाडी बढाउन सक्ने कुरा बताए ।

नेपाल दूरसंचार प्राधिकरणकी सहायक निर्देशक सुनिता पाण्डेले नेपालमा सूचना प्रविधिमा लाग्ने महिलाहरुको संख्या एकदमै न्यून रहेको र महिलाहरु पनि सूचना प्रविधिमा अघि आउनुपर्ने  बताईन् ।

सूचना प्रविधिमा धेरै विकृति बढेकोले यसको प्रयोगमा ध्यान दिनुपर्ने र यसको लागि साइबर सुरक्षाको बारेमा सबै सचेत हुनुपर्ने कुरामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना प्रबिधि बिज्ञ हरी पोखरेलले  जोड दिए ।

सूचना र सञ्चार प्रबिधि समाज नेपालकी सदस्य रश्मी तिवारीले संचालन गरेको उक्त कार्यक्रममा समाजका अध्यक्ष दामोदर पौडेल, नेपाल सरकार प्रधान मन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयका सूचना प्रबिधि बिज्ञ हरी पोख्रेल, कार्यक्रममा क्यारियर दिशा नेपालकी निर्देशक इन्बर्ग पाश्च, वोमेन इन स्टेमकी बिनिता श्रेष्ठले आ-आफ्ना धारणा राखेका थिए ।

प्रकाशित: १० बैशाख २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १० बैशाख २०७३, शुक्रबार